खबर पूर्वाञ्चल
जय मिडिया म्यानेजमेन्ट प्रालिले आज विराटनगरमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।

सुनसरीको धरानमा गत शनिबार सम्पन्न भएको फाइनलमा २५ जना प्रतिस्पर्धीलाई पछि पार्दै शुभलक्ष्मी राईले मिस कोशीको उपाधि जितेकी थिइन् । उपाधिसँगै उनले नगद १ लाख रुपैयाँ र विभिन्न गिफ्ट ह्याम्पर जितिन् ।
सम्मानित भएका प्रतियोगिहरुलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका खानेपानी, सिचाइ तथा उर्जा मन्त्री एकराज कार्र्की, जय मिडिया म्यानेजमेन्ट प्रालिका अध्यक्ष जयराज राय, सिइओ निशा खतिवडा रायले सम्मान गरे ।
कार्यक्रममा बोल्दै मन्त्री राईले यस्तो प्रतियोगिताले किशोरीहरुको प्रतिभा प्रस्फुटनमा ठूलो सहयोग पुग्ने बताए । आगामी दिनमा पनि निरन्तरा दिनुपर्नेमा उनले जोड दिए ।
त्यसैगरी मिस कोशीको बिजेता शुभ लक्ष्मी राईले आगामी लक्ष्य मिस युनिभर्स नेपालको उपाधि जित्ने रहेको बताइन् । ‘पहिलो पटक भाग लिएको प्रतियोगिताबाट मिस कोशीको ताज पहिरिन सफल भए,’ उनले कार्यक्रममा भनिन्, ‘अबको लक्ष्य भनेको एउटै रहेको छ । त्यो हो मिस यूनिभर्स नेपालको उपाधि हात पार्ने । त्यसको लागि कडा मेहनत गर्नेछु ।’