खबर पूर्वाञ्चल
संघको ३४औं कार्यसमितिका पदाधिकारी र सदस्यहरूले पहिलो पटक सञ्चारकर्मीहरूसँग भेटघाट तथा छलफल गर्दै देशको समग्र आर्थिक अवस्थाको बारेमा जानकारी गराएका छन् । संघको ३४औं कार्यसमितिका अध्यक्ष उद्योगी अनुपम राठीले देशको समग्र आर्थिक अवस्थामा आएको मन्दीको बारेमा सञ्चारकर्मीहरूलाई जानकारी गराएका थिए । सरकारको गलत नीतिका कारण उद्योग व्यापार क्षेत्र तहसनहस अवस्थाबाट गुज्रिरहेको अध्यक्ष राठीले बताए ।
संघका निवर्तमान अध्यक्ष नविन रिजालले देशको गलत अर्थनीतिका कारण रोजगारीका लागि युवाहरू विदेशिनेक्रम बढेको बताए । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष अनिल साह, उपाध्यक्ष विकासकुमार बेगवानी, अनिल सारडा, महासचिव संजय श्रेष्ठ, सचिव अमित सारडासहित संघका सम्पूर्ण कार्यसमिति सदस्यहरूलगायतको सहभागिता रहेको थियो ।