खबर पूर्वाञ्चल
आज विराटनगर र आसपासका पालिकामा रहने उपलब्ध जिल्ला कमिटीको बैठकले समाजका सबै क्षेत्रलाई आमन्त्रण गर्ने तयारी गरेको हो । त्यसका लागि निम्तो सबै तिर पुर्याउन क्षेत्र छुट्टयाएर कार्य बिभाजन गरिएको नेकपा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले बताए ।
कार्यक्रममा विभिन्न राजनीतिक दल, शैक्षिक क्षेत्र, स्वास्थ्यक्षेत्र, उद्योग ब्यवसाय, राज्य प्रशासन, यातायात मजदुर, सामाजिक संघ संस्थाहरू, सहकारीहरू, न्याय क्षेत्र, सन्चार क्षेत्र, कर्मचारी, निर्माण क्षेत्र, स्थानीय तह, संघ तथा प्रदेश सरकार, सांसदहरू, होटल पर्यटन, सौन्दर्यकर्मी, ट्रेड यूनियन, धार्मिक संघसंस्थालगायतका सबै पक्षलाई आमन्त्रण गर्ने तयारी एमाले मोरङको छ । ५ हजार भन्दा बढीको जनसहभागिता रहने बताउँदै अध्यक्ष पोखरेलले दुई चरणमा कार्यक्रमलाई विभाजन गरिएको बताए ।
अध्यक्ष पोखरेलका अनुसार विहान ११ देखि ३ बजेसम्म पार्टी परिवार तथा ३ देखि ५ बजेसम्म अन्य क्षेत्रसँग शुभकामना आदानप्रदान राखिएको हो । शुभकामना आदानप्रदान कार्यक्रममा एमालेका केन्द्रीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसहित पार्टीका अन्य नेताहरुको समेत उपस्थिती रहने छ ।