AArya
RUMPUM
animated ellipse animated ellipse

निवर्तमान मुख्यमन्त्रीको सिट व्यवस्थापन नगरेको भन्दै हिक्मत कार्कीले गरे शपथ समारोह बहिष्कार

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ श्रावण २०८०, बुधबार १८:१२
594
Shares
विराटनगर / मुख्यमन्त्री उद्धव थापाको शपथ ग्रहण समारोह कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बहिष्कार गरेका छन् ।

कार्कीले आफ्ना लागि सिट व्यवस्थापन नगरेको भन्दै शपथ समारोह बहिष्कार गरेका हुन् । ‘शपथ समारोहमा निवर्तमान मुख्यमन्त्रीको सिट मुख्यमन्त्रीको साइडमा हुन्छ, शपथ ग्रहणपछि मुख्यमन्त्रीलाई बधाई दिएर सिट छोड्ने प्रचलन हुन्छ’ उनले भने, ‘म हिजोसम्मको मुख्यमन्त्री आजबाट निवर्तमान मुख्यमन्त्री भएको हुँ, तर उहाँ (प्रदेश प्रमुख)ले सिट राख्नुभएन, त्यसकारण मैले यहाँ बस्नु उपयुक्त ठानिनँ ।’

प्रदेश प्रमुखले संविधानको सर्वाेच्चता, प्रदेशमा विगतमा गरिएको अभ्यास र सर्वाेच्चको फैसलालाई समेत लत्याएको कार्कीले बताए । सर्वाेच्च अदालतले मुख्यमन्त्री थापाको अघिल्लो पटकको नियुक्ति बदर गरेपछि आफू नै मुख्यमन्त्री रहेपनि प्रदेश प्रमुखले अस्वीकार गरेको उनको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर