खबर पूर्वाञ्चल
सम्मानित हुने प्राध्यापक त्रयमा यामनाथ पौडेल, डा शशितकुमार यादव र विजयहरि खतिवडा छन् । यस्तै कर्मचारीद्वय अनिल कर्ण र दामोदर कोइराला सम्मानित भए । उनीहरुलाई आफ्नो जिम्मेवारी निष्ठापूर्वक पूरा गरी उत्कृष्ट कार्य गरेको भन्दै सम्मानित गरेको क्याम्पस प्रमुख डा. बाबुराम तिमल्सिनाले बताए ।
कार्यक्रमका प्रमुख अतिथि लोकसेवा आयोगका पूर्व सदस्य एवम् पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका पूर्व अध्यक्ष प्राडा. कृष्ण पोखरेल, क्याम्पस प्रमुख डा. तिमल्सिना, सहायक प्रमुखत्रय शिवनारायण चौधरी, डा सुशील अधिकारी र उमेश यादव, प्राध्यापक संघका एकाई अध्यक्ष डा. प्रमोद खेरवारले सम्मान गरेका थिए ।
कार्यक्रममा बोल्दै प्राडा पोखरेलले विश्वविद्यालयको पढाइमा गुणस्तर भए र सरकारद्वारा सहज रोजगारको व्यवस्था भए युवाले पढ्न र रोजगारीको लागि विदेशिनु नपर्ने बताए । उनले मोरङ क्याम्पसमा नै आफूले पढेको र प्रारम्भिक कालमा प्राध्यापन पनि गरेकोले त्यसबेला वार्षिकोत्सव भव्य हुने गरेको स्मरण गराए ।
सो अवसरमा सहायक क्याम्पस प्रमुख डिल्ली पोखरेलले महेन्द्र मोरङ क्याम्पसकको इतिहास बारे जानकारी गराएका थिए । पुरस्कृत व्यक्ति छनोट समितिका सदस्य डा. मोहन सुवेदीले उत्कृष्ट प्राध्यापक र कर्मचारी छनोट गर्ने कार्य समितिले निष्पक्ष रुपमा सम्पन्न गरेको बताउ“दै क्याम्पसको विकास र प्राज्ञिक उन्नयनको लागि प्राध्यापक र कर्मचारी सबैको भूमिका महत्वपूर्ण भएको बताए । स्ववियू सभापति जसवन्त पौडेलले क्याम्पसको वार्षिकोत्सव विद्यार्थीका लागि पनि हुनु पर्नेमा जोड दिए ।
सम्मानित प्राध्यापक यामनाथ पौडेलले सम्मानले सम्मानित हुने सबैमा जिम्मेवारी अझ बढेको महशुस भएको बताए ।
महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस २०१२ साउन १६ गते स्थापना भएको र सोही मितिको आधारमा विगत पा“च वर्षदेखि सो क्याम्पसले साउन १६ गते स्थापना दिवस उत्कृष्ट प्राध्यापक र कर्मचारी सम्मान गरी मनाउ“दै आएको छ ।