खबर पूर्वाञ्चल
कोशी प्रदेश नामाकरणको बिषयलाई लिएर आन्दोलनरत प्रदेश नम्बर १ नामांकन संघर्ष समितिले गरेका विभिन्न कार्यलाई शान्तिपूर्ण , संयमित र मानवअधिकार उल्लंघन नहुने गरि आफ्ना जायज माग राख्न पनि थापाले आग्रह गरे ।
साथै सरकार पक्षबाट धरपकट गर्ने , कफ्रयू लगाउने , गोली हान्ने , लाठी चार्ज गर्ने तथा दुव्र्यवहार गर्ने कार्य रोकी परिस्थितिलाई शान्त बनाउदै शान्पिूर्ण निकास र समस्या समाधानको खोजी गर्न नेता थापाले आग्रह गरे । साथै आन्दोलनका क्रममा वैशाख २५ गते झापा जिल्लाको दमकमा पर्दशनका क्रममा गोली लागि घाईते भएका इलाम चुलाचुली—१ का गजेन्द्र फागो र झापा अर्जुनधारा—११ का निर्मला क्षेत्री लिम्बूलगायत सम्पूर्णको औषधी उपचार खर्च व्यहोर्न समेत आग्रह गर्दछौ थापाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उपचारको क्रममा मिति २०७९ साल चैत १० गते निधन भएका मोरङ बेलवारी—२ लालभित्ती पदमबहादुर लिम्बू लाजेहाङ प्रति पार्टीले गहिरो शोक समवेदना व्यक्त गरेको थापाले विज्ञप्ति मार्फत जनाएका छन ।