खबर पूर्वाञ्चल
नेपाल वादोरियो कराँते डो संघ कोशी प्रदेशको अध्यक्षमा राजन कडेल निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षमा पुष्पधन शाक्य, सचिव राजु धमला, र कोषाध्यक्षमा दुर्गाचरण राजवंशी रहेका छन् ।
समितिको अन्य सदस्यहरुमा विमला नेपाल, राम गुरुङ्ग, अनिलकुमार राजवंशी, दिपेश कोइराला, सुरेश भट्टराई, हिराकुमारी थापा मगर र सुजन आचार्य रहेका छन् ।
कार्यक्रमको प्रमुख अतिथि प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष जिनाजंग कार्की रहेकी थिइन् । उनले खेलकुद क्षेत्रको विकासमा प्रदेश खेलकुद विकास बोर्ड लागि परेको बताइन् ।