खबर पूर्वाञ्चल

पाहुना टिम दिल्ली युनिाईटेड क्रिकेट क्लबलाई ७ विकेटले सजिलै पराजित गर्दै पुलिस विजय भएको हो । विराटनगर जुट मिलको खेलमैदानमा आज भएको समुह वि को पहिलो खेलमा म्यान अफ द म्याच सागर ढकालले घातक बलिङमा निरिह हुँदा दिल्ली १४ दशमलप ५ बलमा सवै विकेट गुमाई ८७ रनमा समेटियो । दिल्लीका सकेट केडियाले २९ रन बनाउँदा प्रदिपकुमार जाडोनले १९ रन र अंकित गोस्वामीले अविजित १३ रनको योगदान दिए ।
पुलिसका सागर ढकालको ३ दशमलव ५ बलमा १ मेडन राख्दै किफायती बलिङ गर्दै १७ रन दिएर ह्याट्रिक सहित ५ विकेट लिए । सागरले आफ्नो पहिलो ओभरको अन्तिम चार बलमा लगातार ४ विकेट लिएका थिए । सागर बाहेक रोशन बुडालले २ विकेट लिँदा कप्तान मनिजत श्रेष्ठले १ विकेट दिए ।
जवाफमा ८८ रनको झिनो विजय लक्ष्य पछ्याएको पुलिसले ९ दशमलव ३ बलमा ३ विकेट गुमाई पुरा गर्यो । पुलिसका योगेन्द्र कार्कीले ११ बलमा ५ छक्का हिर्काउँदै ३२ रनमा अविजित रहे भने सुनिल धमला नटआउट २३ रन १९ रन र दिलिप नाथले १० रन बनाए । दिल्लीका प्रदिपकुमार जाडोनले २ विकेट लिँदा अंकित गोस्वामीले १ विकेट लिए ।
दोस्रो खेलमा सुदुरपश्चिमको एनबी ग्रुप धनगढीलाई २७ रनले पराजित गर्दै विराटनगरको एनएनबीएससी विजयी भएको छ ।
टस जितेर ब्याटिङ गरेको एनबीएससीले निर्धारित २० ओभरमा ८ विकेट गुमाई २ सय २१ रनको विशाल योगफल खडा गरेको थियो । एनबीएससीका राहुल चौधरी र शतिस कुमारले बिस्फोट ब्याटिङ गरे । म्यान अफ द म्याच राहुलले २२ बलमा ६ छक्का, ६ चौका प्रहार गर्दै ७३ रनको बनाउँदा सतिशले ३३ बलमा ४ छक्का र ६ चौका प्रहार गर्दै ५७ रनको ठोस पारी खेले । अनुभव श्रीवास्तवले ४७ रनको योगदान दिँदै अर्धसतक बनाउँनबाट ३ रनले चुके । सुदुरपश्चिमका हेमन्त धामीले ३ विकेट लिँदा ज्ञानेन्द्र बोहरा र सुमित त्यागीले समान २–२ विकेट लिए ।
जवाफमा २ सय २२ रनको विशाल लक्ष्य पछ्याएको सुदुरपश्चिमले १९ दशमलव २ बलमा सबै विकेट गुमाई १ सय ९५ रनमा सिमित भयो । सुदुरपश्चिमका नेपालको यू–१९ अन्तराष्ट्रिय खेलाडी दिपक बोहोराले ४७ बलमा ५ छक्का र ९ चौका प्रहार गर्दै ८३ रन बनाउँदा नरेश कसनाले ३ छक्का र २ चौक्का प्रहार गर्दै २७ र नेपालको यू–१९ अन्तराष्ट्रिय खेलाडी हेमन्त धामीले २२ रनको योगदान दिए । एनबीएससीका अनुभव श्रीवास्तवले ३ विकेट लिँदा एमडी शेख, मेहिङ कुमारले समान २–२ विकेट लिए । सुदुरपश्चिमले अहिलेको नेपालको यू–१९ अन्तराष्ट्रिय खेलाडी हेमन्त धामी,उत्तम थापा मगर, २ वटै दिपक बोहरा गरि ४ जना खेलाडीलाई मैदानमा उतारेको थियो ।