AArya
RUMPUM
animated ellipse animated ellipse

वाइआरसिसी र एनबीएससी अन्तिम चारमा प्रवेश

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ चैत्र २०७९, आईतवार १८:०१
396
Shares
विराटनगर / वाइआरसिसी क्रिकेट क्लब विराटनगर र एनबीएससी क्रिकेट क्लब विराटनगर विजयी हुँदै दोस्रो संस्करणको मिल्स टि– २० क्रिकेट प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ ।

विराटनगर जुट मिलको खेलमैदानमा आज भएको पहिलो खेलमा होराइजन क्रिकेट क्बल विराटनगरलाई ५ विकेटले पराजित गर्दै वाइआरसिसी े अन्तिम चारमा प्रवेश गरेको हो ।

होराइजनले दिएको १ सय ८४ रनको विशाल लक्ष्य पछ्याएको वाइआरसिसी विराटनगरले १८ दशमल ४ बलमा ५ विकेट गुमाई सो लक्ष्य पूरा गर्यो । वाइआरसिसी नेपालका पूर्व ओपनर दिलिप नाथले ७८ रनको ठोस इनिङ खेल्दा दिपक पासवानले २६ रनको योगदान दिए ।
होराइजनका दिपक जोशी, श्रवण किस्कु, कपिल मण्डलले समान १–१ विकेट लिए ।

यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको होराइजनले निर्धारित २० ओभरमा ७ विकेट गुमाइ १ सय ८३ विशाले स्कोर बनाएको थियो । होराइन मिनष थापाले सतक प्रहार गरे । उनले ८ छक्का र ४ चौका प्रहार गर्दै १ सय ६ रनको योगदान दिए । थापा खेलको म्यान अफ द म्याच घोषित भए । त्यस्तै राकेश कामतले २७ रन , कपिल मण्डलले अविजित १७ रनको योगदान दिए ।

दोस्रो खेलमा मिल्स एकेडेमी क्रिकेट क्बल रानीलाई ४९ रनले पराजित गर्दै एनबीएससी क्रिकेट क्लब विराटनगर अन्तिम चारमा प्रवेश गरेको छ ।

टस जितेर ब्याटिङ गरेकोे एनबीएससीले निर्धारित २० ओभरमा ८ विकेट गुमाइ २ सय ३९ रनको विशाल योगफल खडा गरेको थियो । एनबीएससीका विपिन सौरवले ८५ बनाउँदा विधान गोस्वामीले ४७ रन, प्रशान्त कुमारले ३४ रन बनाए ।

मिल्सले मिरास खानले ४ विकेट लिँदा अंकित गोस्वामी र दानिसले समान २–२ विकेट लिए ।

जवाफमा २४० रनको विशाल लक्ष्य पछ्याएको मिल्स क्रिकेट क्लबले १९ दशमलव ४ बलमा सवै विकेट गुमाई १९० रनमा खुम्चियो ।
मिल्सका विकास लोलियाले ८८ रन जोड्दा अभिन्नदनले १५ रन, अंकित गोस्वामीले १३ रन जोडे ।

एनबीएससीका अनुभव श्रीवास्तवले ३ विकेट लिँदा रोहित कुमार र प्रशान्त कुमारले समान २–२ विकेट लिए । खेलको म्यान अफ द म्याच एनबीएससीका विपिन सौरव घोषित भए ।

भोलीको पहिलो खेल ओसिस काठमाण्डौ र सप्तरी ११ तथा दोस्रो खेल दिल्ली देवस र विरगन्ज युथ क्रिकेट क्लब बिच हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर