AArya
RUMPUM
animated ellipse animated ellipse

संसदको खुलापनले संघिय लोकतन्त्रबलियो हुन्छ : नर्वेजियन राजदुत ड्रामदल

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ चैत्र २०७९, बिहीबार १६:०३
99
Shares
विराटनगर / नेपालकालागि नर्वेजियन राजदूत टोरून ड्रामदलले नेपालमा संसदको खुलापनलाई बढाउदै लानसकेमा संघिय लोकतन्त्र अझै बलियो भएर जाने बताएकी छिन ।

युएनडिपी संसद सहयोग परियोजनाबारे बुझन कोशी प्रदेश आएकी ड्रामदलले संसदीय पत्रकार मञ्च कोशी प्रदेशका टोलीसँग विराटनगरमा भेटघाट गर्दै संसद खुला र पारदर्शी भएमा नागरिक मैत्री बन्दै जाने र त्यसले संघिय लोकतन्त्रलाई बलियो बनाउने बताएकी हुन ।

उनले संसद भनेको नागरिकहरुको आवाजको प्रतिनिधित्व गर्ने सर्बोच्च सँस्था भएकोेले संसदको खुलापनलाई बढाउदै लानुपर्नेमा जोड दिइन । राजदुत ड्रामदलले नेपालको लोकतन्त्र अन्य मुलुकहरुको तुलनामा उन्नत रहेको बताउँदै प्रेस तथा अभिव्यक्त्ति स्वतन्त्रता र संसदको खुलापन पनि सन्तोषजनक रहेको बताईन । राजदुत ड्रामदलले कोशी प्रदेशमा संसदको खुलापनको अवस्था र पत्रकारहरुले भोग्नुपरेका समस्या प्राप्त गरेको सिकाईबारे राजदुत ड्रामदलले जिज्ञासा राखेकी थिइन ।

उनको जिज्ञासामा संसदीय पत्रकार मञ्च कोशी प्रदेशका अध्यक्ष गणेश लम्साल , मञ्चका सल्लाहकार विवेक गौतम , सचिव कुमार लुँईटेल, सहसचिव तारा आचार्य , कोषाध्यक्ष विनु तिम्सिना , सदस्यहरु राजु अधिकारीलगायतले ससदको खुलापनको अवस्था बढदै गए पनि अझै दिगोपन ल्याउनकालागि संबादको खाँचो रहेको सुझाव दिएका थिए ।

मञ्चका अध्यक्ष लम्सालले कोशी प्रदेशको संसदमा रिर्पोटिङ गर्ने पत्रकारहरुले अझै धेरै चुनौतीको सामना गर्नु परिरहेको र क्षमता अभिबृद्धिको खाँचो रहेको प्रस्टयाएका थिए । अध्यक्ष लम्सालले संसदीय रिर्पोटिङमा महिला , दलित , मधेसी आदि सिमान्तकृत समुदायका पत्रकारहरुको पहुँच बृद्धि गरिनु पर्ने , कानुन निर्माणमा नागरिक सहभागीता बृद्धि गरिनु पर्ने , बिधेयकहरुमा नागरिक संबाद गराउनु पर्ने , जिल्लाका पत्रकारहरुलाई पनि संसदीय पत्रकारिताको महत्वबारे अभिमुखिकरण गरिनु पर्ने , बार्षिक छाँया प्रतिवेदन प्रकाशन गरिनुपर्ने र क्षमता अभिबृद्धिका लागि दिगो परियोजना सञ्चालन गरिनु पर्ने सुझाव दिएका थिए ।

पत्रकार भेटघाटमा नर्वेजियन राजुदताबासकी काउन्सिलर अनिलाखानले संसदको खुलापनलाई बृद्धि गर्न पत्रकार , सांसद , र सचिवालयहरु विच सहकार्य हुनुपर्ने र समस्यालाई सवाल बनाउने गरि समुदायमा संबादको परम्परा विकास गर्नुपर्नेमा जोड दिइन । संघ र प्रदेश सभा संसदमा खुलापन बढदै गएको तर अझै बढाएर लानुपर्ने काउन्सिलर खानको भनाई छ ।

भेटघाटमा नेपाल स्थित संयुक्त्त राष्ट्रसंघिय विकास परियोजना (युएनडिपी) की मेनेजर कल्पना सरदारले पत्रकारहरुको संसदमा पत्रकारहरुको सहज पहुँच भएमात्र संसदको खुलापन बढदै जाने भएकोले क्षमता अभिबृद्धिका लागि युएनडिपीले आगामी दिनमा संसद सचिवालयलाई मात्र नभएर पत्रकारहरुलाई पनि सहयोग गर्नेगरि योजना निर्माण गर्ने आश्वासन दिइन ।

राजदुत ड्रामदलको टोलीले बुधबार विराटनगर स्थित कोशी प्रदेश सभाका सभामुख बाबुरामगौतम , उपसभामुख श्रृजना दनुवार सहित सचिवालयसँग र त्यसपछि पूर्व सांसदहरुसँग भेटघाट गरि अन्र्तक्रिया गरेको थियो ।

नर्वे सरकारले संयुक्त राष्ट्रसंघीय विकास परियोजनाको संसद सहयोग कार्यक्रममार्फत संघ र प्रदेशमासंसदीयखुलापन र पारदर्शीताको पक्षमा सहयोग गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर