खबर पूर्वाञ्चल
बेलबारी–४ का जीवन कार्कीलाई कुटपिट गरेको आरोपमा इप्रका बेलबारीले कलाकार खतिवडा र रमेश भण्डारीलाई गएराति पक्राउ गरेको हो ।
गएराति बेलबारी नगरपालिका–१ स्थित एक होटलमा मादक पदार्थ पिएर खतिवडाले झगडा गरेका थिए । होटलबाट बाहिर निस्किएर झगडा गरिरहेको खबर स्थानीयले प्रहरीलाई गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी टीकाबहादुर कार्कीले जानकारी दिए।
पीडित पक्षले इलाका प्रहरी कार्यलयमा आएर अहिलेसम्म जाहेरी नदिएको प्रहरीले जनाएको छ। छलफलको लागि दुवै पक्ष आउने भनिएको र पीडितले जाहेरी दिए प्रहरीले कारवाहीको प्रक्रिया अगाडि बढाउने उनले बताए । मिलापत्र भएको अवस्थामा मात्रै उनीलाई छाडिने डिएसपी कार्कीले बताए ।