खबर पूर्वाञ्चल
गत शनिबार भएको भेलाबाट निर्वाचित भएका अध्यक्षसहित पदाधिकारी र सदस्यहरुलाई महानगरको सभाहलमा आज आयोजित कार्यक्रममा प्रमाणपत्र वितरण गरिएको हो ।
कार्यक्रममा सञ्जालका संरक्षणसमेत रहनु भएका महानगरका मेयर नागेश कोइरालाले प्रमाणपत्र वितरण गर्नु भएको थियो । आठौं नगर बाल भेलाले आदित्य झाको नेतृत्वमा नयाँ कमिटी गठन गरेको थियो ।
सञ्जालको उपाध्यक्षमा दीक्षा आचार्य, सचिवमा अशोक खतिवडा, सहसचिवमा वेदिका घिमिरे र कोषाध्यक्ष कौशल न्यौपाने निर्वाचन भएका थिए । कार्यक्रममा अघिल्लो कार्यकालका पदाधिकारी र सदस्यहरुलाई पनि प्रमाणपत्र वितरण गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले नगर बाल सञ्जाललाई महानगरका १९ वटै वडामा सक्रिय बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा बालकल्याण अधिकारी मञ्जु लोहनीले नगरमा बालबालिकाको अवस्था र महानगरले बालबालिकाको क्षेत्रका गरिरहेको कार्यका विषयमा जानकारी दिइन् ।