खबर पूर्वाञ्चल
विराटनगरमा आज कोइराला निवासमा सञ्चारकर्मीसँग कुरा गर्दै डा. कोइरालाले यस्तो बताएका हुन् । अब कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने समेत उनले बताए ।
‘कांग्रेसभित्रको केही कमी कमजोरी हो, सँगसँगै प्रचण्डजीको आसक्ति पनि हो’ डा. कोइरालाले भने,‘ गठबन्धनलाई लामोसम्म लैजान हामीले सोचेका थियौं तर त्यो हुनसकेन, दुर्भाग्य भयो ।’
प्रचण्ड नेतृत्वको सरकारले राम्रो काम गर्नुपर्ने डा. कोइरालाले बताए । ‘देशलाई आर्थिक सामाजिक र राजनीतिक हिसाबले स्थिरता देओस’ उनले भने ।