खबर पूर्वाञ्चल
भेलाले नेपाल उद्योग परिसंघ संघ प्रदेश १ को नयाँ नेतृत्व पनि चयन गर्ने विराटनगरमा आज पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
काठमाडौंको केन्द्रीय समितिपछि प्रदेश १ मा पहिलो पटक परिसंघको पहिलो अध्यायको रुपमा युवा उद्यमी मञ्च स्थापना हुने भएको हो । युवा उद्यमी मञ्चको ७ सदस्यीय बोेर्ड गठन हुने भएको छ । उद्यमशीलता सिर्जना र युवा उद्यमीहरुलाई संगठित गर्ने उद्देश्यका साथ प्रदेश १ मा नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च स्थापना गर्न लागिएको बताईएको छ । मञ्चले नवीन सोच र आईडिया भएका युवाहरुको उद्यमशीलता प्रर्वद्धनमा आवश्यक सहयोग गर्ने कार्यक्रमका सह–संयोजक अनमोल प्रधानले बताए ।
प्रदेश १ मा पहिलो पटक स्थापना हुन लागेको मञ्चले युवाहरुको उद्यममा आवश्यक लगानी र त्यसलाई बजारसँग जोड्ने बिषयमा समेत आवश्यक भुमिका खेल्ने बताईएको छ ।