AArya
RUMPUM
animated ellipse animated ellipse

काँग्रेसले मोरङ ४ का लागि प्रतिनिधिसभा उम्मेद्वारमा पराजुलीसहित पाँच जनाको नाम सिफारिस

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ भाद्र २०७९, बिहीबार १७:१८
2.77k
Shares
फाइल तस्वीर
विराटनगर / नेपाली काँग्रेसले मोरङ ४ का लागि प्रतिनिधिसभा उम्मेद्वारमा पाँच जनाको नाम सिफारिस गरेको छ ।

कांग्रेसले आज मोरङ क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा विराटनगरका निवर्तमान मेयरसमेत रहेका केन्द्रीय सदस्य भीम पराजुलीसहित नेताहरू महेश आचार्य, गुरुराज घिमिरे, अमृत अर्याल र दिलिप गच्छदारको नाम क्षेत्रीय समितिले सिफारिस गरेको हो ।

यो क्षेत्रबाट २०७४ को निर्वाचनमा वाम गठबन्धनका माओवादी उम्मेद्वार अमनलाल मोदी विजयी भएका थिए । उनले काँग्रेस नेता महेश आचार्यलाई पराजित गरेका थिए मोदीले ३३ हजार ५२९ मत ल्याउँदा आचार्यले २६ हजार ८ सय मत ल्याएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर