AArya
RUMPUM
animated ellipse animated ellipse

एम्स कलेजमा फुटसल

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ श्रावण २०७९, आईतवार १६:५२
180
Shares
बिराटनगर/बिराटनगर–९ मा अवस्थित एम्स कलेजले बिद्यार्थीहरुमाझ फुटससल प्रतियोगिता आयोजना गरेको छ ।

बिबिएस्, बिएचएम र बिएससि सिएस. आइटी संकायमा अध्ययनरत बिद्यार्थीहरु प्रतिस्पर्धामा सहभागी थिए । बिराट्नगरको स्पोर्ट हबमा आयोजना गरिएको उक्त प्रतियोगितामा कलेजका प्रशासन फाटका अधिकारिहरुको समेत सहभागिता थियो ।

क्याम्पस प्रमुख सिएम बस्नेत, प्रबन्ध निर्देशक डा. दिक्षान्त पोखरेललगायत कलेजका संयोजकहरुको समेत खेलमा सहभागी थिए । निरन्तर पढाइबाट एकदिन छुट दिएर फुटसल आयोजना गरेको प्रबन्ध निर्देशक पोखरेलले बताए । ’खेलले बिद्यार्थीलाई रिफ्रेश गराउनुका साथै स्वास्थ्य बनाउछ्’ प्रमुख बस्नेतले बताए ।

फुट्सलका बिजयी टिम कलेजामा अध्ययनरत बिएचएम प्रथम सेमेस्टरका बिद्यार्थिहरु भए । बिजयी टिमलाई कलेजले ट्रफी, सटिफिकेट र मेडलले सम्मान ग¥यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर