AArya
RUMPUM
animated ellipse animated ellipse

विराट टिचिङ्गको ‘बिलिङ्ग सफ्टयेर’ बन्द

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१० श्रावण २०७९, मंगलवार १८:४०
4.64k
Shares
विराटनगर/ मोरङको बुढीगंगा २ मा रहेको विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत सञ्चालन भइरहेको बिलिङ्ग सफ्टयेर बन्द भएको छ ।

आज दिउँसो १० बजेबाट स्वास्थ्य बिमाको अभिलेखकरण गरिने सफ्टयेर स्वास्थ्य बीमा बोर्डले बन्द गरिदिएको हो ।

बिमाको सफट्यर ओपन आइएमआइएस नाम गरेको स्वास्थ्य बीमा बोर्डले दिएको युजर आइडी हस्पिटललाई दिएको थियो । स्वास्थ्य बीमा मार्फत उपचार गर्न आउने विरामीको अभिलेखिकरण उक्त सफ्टयेरबाट समइट गरिदै आएकोमा आज दिउँसोबाट एक्कासी रूपमा बीमा बोर्डले बन्द गरिदिएको हस्पिटलका प्रशासन प्रमुख प्रमेशराज देवकोटाले जानकारी दिए । ‘आर्थिक विपन्न विरामीहरू आउने भएकोले हामीले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत विरामीहरूलाई स्वास्थ्य उपचार गरिरहेका थियौं । यसै क्रममा आज दिउँसोबाट बिमाको विवरण बिलिङ्ग गर्ने सफ्टयेर बन्द गरिदिएको छ,’ प्रमुख देवकोटाले भने, ‘सफ्टयेर बन्द भएको विषयमा बिमा कम्पनीलाई जानकारी गराउँदा पनि अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।’ बिमा कम्पनीले आफैले हस्पिटलको सफ्टयेर कुनै जानकारी बिना बन्द गरिदिएपछि अस्पतालमा भर्ना भएर उपचार भइरहेको विरामीलाई समस्यामा परेका छन् ।

स्वास्थ्य विमा कार्यक्रम मार्फत हस्पिटल भर्ना भएका ७ जना विरामी छन् । भर्ना भएका विरामीले स्वास्थ्य विमा मार्फत उपचार गर्दै आएका थिए । तर, विमा कम्पनीले एक्कासी बिमाको विवरण बिलिङ्ग गर्ने सफ्टयेर बन्द गरिदिएपछि उपचार गरेको पैसाँ कसरी तिर्ने भन्ने पिरले सताएको विरामीका आफन्तहरू बताउँदै आएका छन् ।

विराट टिचिङ्ग हस्पिटलले २०७४ चैत २० गतेबाट स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको थियो । स्वास्थ्य बिमाबाट दैनिक १ हजार देखि १ हजार ५ सय विरामीले ओपीडि सेवा लिने गरेका थिए । विराट टिचिङ्गले स्वास्थ्य बीमा मार्फत उपचार गरेको ५० करोड रुपैयाँ पाउन बाँकी रहेको प्रमुख देवकोटाले बताए । ५० करोड मध्ये १५ करोड भन्दा बढी औषधीको पैसाँ पाउन बाँकी रहेको उनले बताए । स्वास्थ्य बीमाको उपचारको लागि बिलिङ्ग गर्ने विराट टिचिङ्गमा २५ जना कर्मचारी रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर