खबर पूर्वाञ्चल

मुस्लिम समुदायले मनाउने यो पर्व एउटा उत्साह र समानताको प्रतीक पनि हो । जहाँ परिवार र समुदायका हरेक व्यक्ति चाहे धनी हुन् वा गरिब आपसमा मुस्कान र सदाचारका शुभेच्छासहित एक अर्कामा अङ्गालोमा बाँधिएर शुभकामना आदानप्रदान गर्दछन् । आपसी सद्भावको चाडको रूपमा मनाइने यो पर्वले सामाजिक सद्भाव अभिवृद्धि गर्न तथा सहकार्यको बाटोमा अघि बढ्न प्रेरित गरेको छ । यो पर्वका बेला हैसियत हुने मुस्लिमहरू हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् ।
यस पर्वमा मुस्लिम समुदायले आफ्नो घरमा जनावरको कुर्बानी( बलि) दिने गर्देछन भने उक्त कुर्बानीको मासु तीन भाग लगाइन्छ भने एक भाग आफ्नो परिवार , एक भाग छिमेकी, इष्टमित्र र एक भाग गरीव तथा दिनदुःखीलाई बाँड्ने गरिन्छ । सबैले चाँड पर्व रमाइलो गरी मनाउनका लागि यसरी मासुको भाग लगाइन्छ ।
यस पर्वको उपलक्ष्यमा मुस्लिम समुदायहरुले आफन्तजनहरुसँग एकआपसमा अँगालो हाली शुभकामना आदान प्रदान गर्ने प्रचलन रहेको छ । यसपर्वमा युवायुवती, केटाकेटीहरु विराटनगरको बजार तथा मलहरुमा किनमेल तथा चिसो पेय पदार्थ लगायत आइसक्रिय खान तथा घुम्नमा रमाइलो गरेका छन् ।
यसैबीच इस्लाम धर्मगुरुले कुर्बानी(बलि)को कुनै पनि फोटो तथा भिडियो सामाजिक सञ्चालमा नराख्न सबैलाई आग्रह गर्नु भएको छ।