AArya
RUMPUM
animated ellipse animated ellipse

जहदामा एमाले बलियो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ बैशाख २०७९, शुक्रबार १९:३१
414
Shares
विराटनगर / मोरङको जहदा गाउँपालिकामा नेकपा एमालेको चुनावी प्रचारमा महिलाको तुलानामा पुरुष न्युन हुने गरेका छन् ।

अध्यक्ष र उपाध्यक्ष दुबै महिला उम्मेदवार रहेकाले प्रचारमा महिला निस्कन्छन् भनें पुरुष घरधन्दामा व्यस्त हुन्छन् ।

अघिल्ला निर्वाचन जस्तो पुरुषमय सभा यस पटक जहदामा छैन । अध्यक्ष पदमा यशोदा गिरी र उपाध्यक्षमा अनिता सोरेनको उम्मेदवारी परेपछि उनीहरूसंग घरदैलोमा हिंड्ने महिलानै बढी छन् । नेतृत्वका दुबै पदमा महिलालाईनै उठाइएकाले घरको जिम्मेवारी पुरुषलाई दिएर महिलाको समर्थनमा प्रचारमा हिंडेको उनीहरू बताउँछन् । महिलाकै कारण जहदामा यस निर्वाचनमा एमाले बलियो देखिएको छ ।

चुनावी अभियान र सभा सम्मेलनमा पुरुष मात्रै हुन्थे । अतिथी र आयोजन पुरुष मात्रै हुने क्षेत्रमा प्रमुख दाबेदार नै महिला अगाडी आएकाले हरेक घरका महिलालाई चुनावी अभियानलाई प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गरेको एमाले नेता बालेश्वर कामतको भनाई छ । आफुहरु बिग्रिन सक्ने ठाउँ बनाउँन हिडेपनि चुनावी अभियानलाई महिलाले सम्हालेको उनको भनाई छ ।

जनता समाजबादी पार्टीले नेतृत्व गरेको मोरङ जहदा गाउँपालिकाको २ नम्बर वडामा सोही पार्टीबाट जितेका वडाध्यक्ष कृष्ण गिरीले पार्टी परिवर्तन गरेपछि नेकपा एमाले बलियो भएको हो । सोही पार्टीबाट वडाध्यक्ष जितेका ७ नम्बर वडाका भगवानलाल बेस्रापनि एमालेमा प्रवेश गरेर प्रचारमा हिंडेका छन् । अध्यक्ष उम्मेदवार यशोदा निवर्तमान वडाध्यक्ष कृष्णकी श्रीमती हुन् ।

वडाध्यक्ष कृष्ण गिरीले समाजमा विकासका लागि ठूलो योगदान पु¥याएकाले यस पटक गिरीलाई भोट दिने २ नम्बर वडाका सुरेन मण्डलले बताए । उनले आपूmहरू घरमै बसेपनि श्रीमतीलाई चुनाव प्रचारमा पठाएको जानकारी दिए । उपाध्यक्ष उम्मेदवार सोरेन २०७४ को निर्वाचनमा पनि उपाध्यक्षमा उठेकी थिइन् । तर, नेपाली कांग्रेसबाट जसपाका अध्यक्ष उपाध्यक्ष दुबै निर्वाचित भएपछि पार्टीले बेवास्ता गरेकाले नयां अभियानमा लाग्न एमालेबाट उम्मेदवारी दिएको सोरेनको भनाई छ ।

भारतीय सीमावर्ति क्षेत्रमा एमाले कम्जोर भएपनि अहिलेको निर्वाचनमा हरेक घरमा सुर्य चिन्हका झण्डा लागेका छन् । तर, ग्रामिण क्षेत्र भएकाले एकै घरमा अन्य पार्टीका झण्डापनि भेटिन्छन् । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुने बित्तिकै भारतले लगाएको नाकाबन्दीका बिरुद्धमा खुलेर लागेकाले सीमावर्ति क्षेत्रका बासिन्दाले एमालेलाई समर्थन गर्न थालेको स्थानीयबासी बताउँछन् ।

जसपाले जितेको पालिकामा प्रमुखले ५ वर्षमा केहीपनि गर्न नसकेको अर्थ र पार्टी लोलुप्तामा लागेकाले देशब्यापी अभियान देखेर एमालेमा लागेर चुनावी माहौललाई फरक बनाएको गिरीले बताए । जहदामा सीमावर्ति क्षेत्रमा भंसार छलीको ब्यवसायिक पेशा गर्नेहरू पनि उम्मेदवार रहेकाले चिर्वाचनमा भारतीयहरूबाट पनि नकारात्मक प्रभाव पर्न सक्ने सीमा क्षेत्रका बासिन्दाले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर