AArya
RUMPUM
animated ellipse animated ellipse

प्रमुख पदका पाँच जना उम्मेदवारहरुको प्रतिवद्धता महानगरलाई दोस्रो ठूलो शहर बनाउने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२० बैशाख २०७९, मंगलवार १८:४३
477
Shares
विराटनगर / विराटनगरको ऐतिहासिकतालाई जोगाई विकसित र दोस्रो ठूलो शहरको रुपमा विकास गर्ने महानगरका प्रमुख पदका उम्मदेवारहरुले आफ्नो योजना बताएका छन् ।

विकल्प अल्टरनेटिभद्वारा आज विराटनगरमा आयोजित विराटनगर महानगरपालिकाका प्रमुख पदका उम्मेदवारहरुसँग अन्तरक्रियामा उम्मेदवारहरुले यस क्षेत्रमा बालवालिकाको लागि पुस्तकालय, गुणस्तरीय सामुदायिक विद्यालय, अनुसन्धानका लागि वजेटको व्यवस्था, दुव्र्यसन मुक्त शहर निर्माण गर्ने लगायतका कुरा राखेका थिए ।
राप्रपाका प्रमुख पदका उम्मेदवार प्रल्हादप्रसाद साहले यस क्षेत्रमा औद्यागिक वातावरण तयार गरि रोजगारी सिर्जना गर्ने योजना रहेको बताए ।

विवेकशिल साझा पार्टीका अमलेश कर्णले शिक्षित युवालाहरुलाई स्वरोजगार बनाउन न्यून दरमा ऋण उपलव्ध गराउनुका साथै विराट राजाको दरवार संरक्षण गरि धार्मिक पर्यटक आकर्षित गर्ने बताए ।

नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले महानगरलाई भ्रष्टचार शुन्य बनाउने प्रतिवद्धता व्यक्त्त गर्दै नगरवासीले तिरेको राजश्व नगरको विकासमा खर्च गर्ने बताए ।

नेकपा एमालेका सागर थापाले रुग्ण उद्योग संचालनको वातावरण सिर्जना गरी रोजगार वृद्धितर्फ ध्यान दिनुका साथै महानगरलाई स्वास्थ्य उपचार केन्द्रको रुपमा विकास गरी विदेशी मुद्रा आर्जनमा मद्दत पु¥याउने बताए ।

स्वतन्त्र उम्मेदवार उमेश यादवले सुकुम्वासी मुक्त महानगर बनाउन उनीहरुलाई घर निर्माण गर्ने,महानगरमा नगरवासीको सहज पहुंचका साथै रोजगारी वृद्धिका लागि शिपमूलक तालीमको व्यवस्था र करको दायरा वृद्धि गरी कर घटाउने कार्य गर्ने प्रतिवद्धता जनाए ।

विकल्पका वसन्त अधिकारीलगायत विभिन्न युवायुवातीहरुले भ्रष्ट्राचार, पारदर्शी योजना, रोजगारी, महानगरको विकास, पर्यटन र आर्थिक समृद्धि लगायतका विषयमा जिज्ञासा राखेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर