AArya
RUMPUM
animated ellipse animated ellipse

जेनिथ कलेजद्वारा उद्योगी राउतसहित दुईजना सम्मानित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ चैत्र २०७८, सोमबार १३:२४
225
Shares
विराटनगर / विराटनगरस्थित जेनिथ इन्टरनेशनल कलेजले उद्योगपति राजेन्द्र राउतसहित दुईजनालाई सम्मान गरेको छ ।

चौथो वार्षिकोत्सवका अवसरमा कलेजले नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश–१ का उपाध्यक्ष तथा केन्द्रीय सदस्यसमेत रहेका राउतसहित समाजसेवी मीना जोशीलाई गरेको हो ।

औद्योगिक क्षेत्रमार्फत मुलुकको आर्थिक विकास र रोजगारी सिर्जनामा पु¥याएको योगदानको कदर गर्दै राउतलाई सम्मान गरिएको कलेजले जनाएको छ । राउत प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईका आर्थिक सल्लाहकारसमेत हुन् । उद्योगपति राउत र समाजसेवी जोशीलाई कलेजका तर्फबाट पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवराज कोइरालाले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे ।

त्यस्तै सोही अवसरमा कलेजको नवनिर्मित भवनको कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका कोइरालाले शिलान्यास गरे । आफ्नै जग्गामा सुविधा सम्पन्न भवन निर्माण गर्न लागिएको क्याम्पसका कार्यकारी अध्यक्ष प्रा.डा. दुर्गानन्द चौधरीले जानकारी दिए । सो अवसरमा वीवीए र एमवीए अध्ययन पूरा गरेर जाने विद्यार्थीको विदाई र नवआगन्तुक विद्यार्थीको स्वागतसमेत गरिएको थियो ।

त्यस्तै २०७८ सालमा भएका विभिन्न खेलकुद प्रतियोगिताका विजयी विद्यार्थीलाई पुरस्कारसमेत प्रदान गरिएको क्याम्पस प्रमुख सन्दिपदास श्रेष्ठले बताए । विद्यार्थीहरुले सांस्कृतिक नृत्य र गीतसमेत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि उपकुलपति प्रा.डा. कोइराला, कलेजका कार्यकारी अध्यक्ष चौधरी, पूर्वाञ्चल विश्वविद्यालयका परीक्षा नियन्त्रक प्रा. मोहनबहादुर बस्नेत, पूर्वाञ्चल विश्वविद्यालयकै अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख प्रा. सन्जेशप्रसाद कोइराला, पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघका अध्यक्ष डा. सन्देश दास श्रेष्ठ, परीक्षा सहनियन्त्रक युवराज धिताल, कलेजका निर्देशक अश्विनी वंशल, क्याम्पस प्रमुख सन्दिप दास श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर