animated ellipse animated ellipse

कलेज बसमा क्षमताभन्दा बढी विद्यार्थी, दुई दिनमा १९ बस कारवाहीमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ चैत्र २०७८, बिहीबार १५:१२
414
Shares
विराटनगर / क्षमताभन्दा बढी विद्यार्थी राखेर चलाउने सवारी साधनलाई ट्राफिक प्रहरीले कारवाहीको दायारमा ल्याउने गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले विशेष अभियान चलाएर क्षमता भन्दा बढी विद्यार्थी राखेर चलाउने सवारी साधनहरू कारवाही गरेको हो ।

मोरङ ट्राफिकले बुधबारदेखि विराटनगरको कलेज बसहरूको चेकजाँचमा कडाइ गरेको छ । चेकजाँचको क्रममा ट्राफिक नियमको उल्लघन गरि कलेज बसमा सिट क्षमताभन्दा बढी विद्यार्थी राखेर विद्यार्थी ल्याउने गरेको पाइएपछि दुई दिनमा १९ वटा कलेज बसलाई कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए । ‘कलेज बसको क्षमता ३९ रहेको हुन्छ । तर, विद्यार्थीहरू क्षमताभन्दा बढी राखेर ल्याउने गरेको हुन्छ । यसरी क्षमताभन्दा बढी विद्यार्थी ल्याउँदा जोखिम हुने गर्दछ,’ ट्राफिक प्रहरी निरीक्षक खड्काले भने, ‘यसरी क्षमताभन्दा बढी विद्यार्थी बोक्ने कलेजका प्रमुखहरू र विद्यार्थीहरूलाई पनि सचेत पनि गराउने गरोका छौं ।’

क्षमता भन्दा बढी विद्यार्थी बोक्ने बुधबार ८ र बिहीबार ११ वटा कलेजका बसहरू कारवाही गरिएको उनले बताए । ‘क्षमताभन्दा बढी विद्यार्थी राखेर सवारी चलाउने कलेज बसको चेकजाँच गर्ने तीन दिन अभियाननै सुरू गरिएका छौं,’ उनले भने, ‘कलेज बसपछि अब स्कूल बसहरूमा पनि यसरी चेकजाँच गर्नेछौं । क्षमताभन्दा बढी विद्यार्थी बोकेको भेटिए कारवाहीको दायारमा ल्याउनेछौं ।’

मोटसाइकलमा कलेज आउने विद्यार्थीहरूले पनि ट्राफिक नियम उल्लघन गरेको भेटिएपछि दुई दिनमा ५० वटा मोटसाइकल कारवाहीमा परेका छन् । कलेजका विद्यार्थीहरूले सवारी चालक अनुमति पत्र बेगार सवारी कुदाएको भेटिएपछि बुधबार र विहीवर ५० वटा मोटसाइकल कारवाही गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया

फोटो फिचर