AArya
RUMPUM
animated ellipse animated ellipse

दीपेन्द्र सिंह ऐरीको सतकमा नेपाललको लगातार चौथो जित, मलेसिया ८५ रनले पराजित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ चैत्र २०७८, शनिबार १७:११
135
Shares
विराटनगर / दीपेन्द्र सिंह ऐरीले सानदार शतक प्रहार गरेपछि नेपालले त्रिकोणात्मक अन्तर्राष्ट्रिय टि–२० शृंखला अन्तर्गत आज भएको अन्तिम लिग खेलमा मलेसियामाथि जित निकाल्दै लगातार चौथो जित हात पारेको छ ।

त्रिवि क्रिकेट मैदान किर्तिपुरमा भएको खेलमा नेपालले मलेसियालाई ८५ रनको जित निकालेको हो । घरेलु टोली नेपालले दिएको २ सय २४ रनको विशाल लक्ष्य पछ्याएको मलेसिया एक बल बाँकी छँदै १ सय ३८ रनमा समेटियो । उसका लागि विरनदीप सिंहले ४७ रन, कप्तान अहमद फैजले ३३ रन, अइनूल हाफिजले १८ रन र साएद अजिजले १७ रन बाहेक अरु खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् ।

नेपालका कप्तान सन्दीप लामिछानेले ३ विकेट लिँदा दिपेन्द्रसिंह ऐरीले र कमल ऐरीले २–२ विकेट तथा कुशल भुर्तेल र रोहित पौडेलले १–१ विकेट लिए ।

नेपालकालागि दीपेन्द्र सिंह ऐरीले १ सय १० रन बनाएपछि कीर्तिपुरस्थित त्रिवि मैदानमा यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५ विकेट गुमाएर २ सय २३ रन बनाएको हो ।

टी–२० अन्तर्राष्ट्रियमा नेपालको यो तेस्रो ठूलो स्कोर हो । यसअघि नेपालले गत वैशाखमा त्रिवि क्रिकेट मैदानमा नेदरल्याण्ड्स विरुद्ध २ सय ३८ र २०१९ मा त्रिवि क्रिकेट मैदानमा नै १३ औं सागमा भुटानविरुद्ध २ सय ३६ रन बनाएको थियो ।

दीपेन्द्र ओडीआई र टी–२० आईमा शतक प्रहार गर्ने दोस्रो नेपाली खेलाडी समेत बने । यसअघि पूर्व कप्तान पारस खड्काले दुवै फम्र्याटमा शतक प्रहार गरिसकेका छन् । दीपेन्द्रले ५७ बल खेल्दै १० चौका र ६ छक्का मद्दतमा अविजित १ सय १० रन बनाए ।

यस्तै रोहित पौडेलले टी–२० अन्तर्राष्ट्रियमा पहिलो अर्धशतक प्रहार गरे । रोहितले ३४ बल खेल्दै ५ चौकाको मद्दतमा ५१ रन बनाए । दीपेन्द्र र रोहितले तेस्रो विकेटका लागि ९६ रनको साझेदारी गरे ।

ओपनर आसिफ शेखले १८ रन र कुशल भुर्तेलले १२ रन जोड्दा आरिफ शेख २ रन बनाएर आउट भए भने आदिल अन्सारीले १४ रनमा अन्तिम बलमा रन आउट भए ।
मलेसियाका लागि मुहम्मद वाफिक, पवनदिप सिंह, स्याज्रुल ईद्रुस र मुहम्मद अमिरले १–१ विकेट लिए

नेपालले यसअघि मलेसियालाई ६ विकेट, पपुवा न्यूगिनी –पिएनजी)लाई पहिलो खेलमा १५ रन र दोस्रो खेलमा ३७ रनले हराएको थियो । श्रृंखलामा रहेका पिएनजी र मलेसिया दुबैले चारमध्ये १–१ खेल जितेर समान २ अंक जोडे पनि नेट रनरेटका आधारमा पिएनजीले फाइनलमा स्थान बनाएको हो । नेपाल र पिएनजीबीचको फाइनल खेल सोमबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर