AArya
RUMPUM
animated ellipse animated ellipse

साविक विजेता पुलिसलाई पराजित गर्दै मनाङले जित्यो दमक गोल्डकपको उपाधि

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ चैत्र २०७८, शुक्रबार १८:४६
180
Shares
दमक / काठमाण्डौको मनाङ मस्याङ्दी क्लबले दमक गोल्डकपको उपाधि जितेको छ । आज भएको फाइनल मानाङले साविक विजेता नेपाल पुलिस क्लबलाई २–० पराजित गर्दै उपाधि जितेको हो ।

उपाधि जितेको मनाङले अघिल्लो संस्करणको फाइनलमा पुलिसँग पराजित भएको बदला लिएको छ ।

मनाङको जितमा विदेशी खेलाडी अफिज ओलावलले र शिशिर लेखीले गोल गरे ।

दमक–३ स्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलको ५९ औँ मिनेटमा ओलावललेले मनाङका लागि पहिलो गोल गरे । ६७ औँ मिनेटमा लेखीले अग्रतालाई दोब्बर बनाउँदै मनाङको जित निश्चित गरे । जितसँगै मनाङले १३ लाख ११ हजार रुपैयाँ हात पारेको छ भने उपविजेता बनेको पुलिसले ६ लाख ११ रुपैयाँमा चित्त बुझाएको छ । फाइनल खेलको म्यान अफ दि फाइनल मानाङका मौसा भए । उनले नगद दश हजार रुपैयाँ हात पारे ।

दमक नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको उत्कृष्ट गोलरक्षकमा मनाङका विशाल सुनार, उत्कृष्ट डिफेन्डर पुलिस का अञ्जन राई, उत्कृष्ट मिडफिल्डर मनाङका शिशिर लेखी, उत्कृष्ट फर्वड पुलिसका नीरकुमार राई, उत्कृष्ट गोलकर्ता मनाङका अफिज ओलावाले र उत्कृष्ट प्रशिक्षक मनाङका राजेन्द्र तामाङ घोषित भए । उनीहरुले जनही नगद २१ हजार प्राप्त गरे । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मनाङका पुजन उपरकोटी भए । उनले टिभिएस कम्पनीको मोटरसाइकल प्राप्त गरे ।

प्रतियोगितामा उदयीमान खेलाडी आयोजक दमक–११ का राहुल लिम्बु भए । उनले लाई माउन्टेनबाइक पाए ।

आयोजक दमक नगर खेलकुद विकास समितिले चन्द्रकुमार गिरीलाई लाइफटाइम अचिपमेन्ट अवार्डबाट पुरस्कृत गरेको छ । उनी आयोजक दमक–११ का प्रशिक्षक पनि हुन् । उनले यामाहा कम्पनीको मोटरसाइकल प्राप्त गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर