खबर पूर्वाञ्चल
विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले आज उद्घाटन गरेपछि ड्रोन क्यामाराबाट घरको नम्बरिङ्ग सुरु गर्न थालेको हो ।
विराटनगर – १३ मा रहेको डिजी निमार्ण इन्जिनियरिङ प्रालिले १७ लाख रुपैयाँमा महानगरपालिका भित्रको घरहरूको प्रविधिको माध्यमबाट नम्बरिङ्ग गर्न सुरु गरिएको इन्जिनियर विवेक सिंहले जानकारी दिए । ‘आउँदो असार मसान्तसम्ममा काम सक्ने गरि हामीले काम सुरु गरेका छौं,’ उनले भने, ‘अहिले दुई वटा ड्रोन क्यामाराबाट सर्वेक्षणसहितको घरहरुको नम्बरिङ्ग सुरु गरिएको छ ।’ ड्रोनबाट घरहरुको जिपिएस पनि संकलन गरिनेछ ।
जिपिएसमा आधारित आधुनिक घर नम्बरिङ्ग गरिने इन्जिनियर सिंहले बताए । महानगरपालिकालाई बस्ती निमार्णदेखि विकासको काममा प्रविधिले गरेको सर्वेक्षणसहितको घरहरुको नम्बरिङ्गले काममा सहजता प्रदान गर्ने उनले बताए । ‘महानगरपालिका भित्र कुन वडातिर बस्ति निमार्ण भइरहेको छ । यसको डिजिटल रूपमा अभिलेखिकरणदेखि प्लान गर्न सजिल्लो हुनेछ,’ उनले भने ।