AArya
RUMPUM
animated ellipse animated ellipse

बुढानिलकण्ठ स्कुुलमा सपथ ग्रहण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ चैत्र २०७८, सोमबार १७:५४
225
Shares
विराटनगर / विगत ३८ वर्ष देखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको, शैक्षिकक्षेत्रमा अग्रणी भुमिका निर्वाह गर्न सफल, विराटनगर – २ स्थित बुढानिलकण्ठ अंगेजी माध्यमिक विद्यालयमा शैक्षिक वर्ष २०७९ का लागी कक्षा – ९ का विद्यार्थीहरु बाट स्कुल क्याप्टेन र हाउस क्याप्टेन छनौट गरीएको छ ।

छनौट भएका विद्यार्थीहरुलाई आ–आफ्नो हाउसका शिक्षकहरुले सम्वन्धित हाउसको ब्यानर तथा पूर्व हाउस क्याप्टेनहरुले झण्डा प्रदान गरेका थिए । स्कुलका प्राचार्य मणीराज भट्टराईले छनौट भएका क्याप्टेनहरुलाई खादा ओडाएर सम्मान गर्दै ब्याज तथा पोशाक वितरण गरी सपथ ग्रहण गराएका थिए ।

प्राचार्य भट्टराईले सपथ ग्रहण गराउने क्रममा छनौट भएका क्याप्टेन विद्यार्थीहरुले विद्यालयलाई उचाइमा पु¥याउन आफुहरु मिलेर मान्यजनकोसाथ लिई जुनसुकै काम गर्न पनि पछि नहट्ने बाचा गरेका थिए । उक्त कार्यव्रmमको उद्धोषण स्कुलका सञ्चालक एवं आइसिसि प्यानलका अम्पायर बुद्धीबहादुर प्रधानले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर