खबर पूर्वाञ्चल
प्रदेश १ सभाको बैठकमा प्रदेश सभाका सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री कार्कीले नामकरणको सवालमा अघिल्लो दुई तिहाइको सरकारले ४ वर्षमा गर्न नसकेको काम अहिलेको सरकारले ४ महिनामै गरेको बताए ।
‘दुई तिहाइको सरकार हुँदा एक दिन कहीँ कतै छलफल भएन तर, यो सरकार बनेको ४ महिनामै हामीले नामकरणका सवालमा माननीय स्वास्थ्य मन्त्री जयराम यादवको संयोजक्तवमा समिति बनाएका छौँ । उनले भने, समितिमात्रै नभएर सरकारले सर्वदलीय बैठक बोलाई नामकरण राख्न पहल सुरु गरेको छ । यो अधिवेशनमा नभए पनि आउने बजेट अधिवेशनमा सभामुखमार्फत नै सभामा नामकरण प्रस्ताव आउँछ ।’
नाम राख्न एमालेको पनि साथ चाहिने भन्दै उनले सबैको सहमति मै बहुल जनताको भावना समेटिने गरिको नाम सभामा आउने बताए । सदनमा सांसदले हरेक विषय उठान गर्न पाउने बताउँदै उनले सरकारले जनताको भावना अनुसारको काम गरिरहेको बताए । ‘हामी गठबन्धन दलहरू भित्र छौँ, पार्टीबिच वैचारिक मत भिन्नता होलान् तर पनि हामी जनताका माग गरेका कुरा सम्बोधन गर्नका लागि एकमत छौँ ।’
रातो किताबबाहिर गएर सरकारले कुनै निर्णय नगर्ने उल्लेख गर्दै मन्त्री कार्कीले कतिपय योजना काटिए भनेर भन्नु औचित्यहीन भएको बताए। ‘माननीयज्यूले सोलुमा रेडक्रस भवनको बनाउने योजना किन काटियो भन्नुभएछ । रातो किताबमा धेरै पटक खोजेँ भेटिन, भेटियो भने ल्याउनु होला बजेट काटिन्न ।’
सोलु र ताप्लेजुङका वारुण यन्त्र किन सुनसरी मोरङ पु¥याइयो, भन्ने माननीयका प्रश्नमा मन्त्री कार्कीले पटक–पटक पत्राचार गर्दा पनि बेवास्ता गरेकाले वारुण यन्त्रको सदुपयोग गरेको बताए । उनले भने, ‘वारुण यन्त्रत्य त्तिकै थन्किएका छन् । हामीले पटक –पटक पत्राचार ग¥यो, यता आगलागी हुँदा दमकल नभएर नियन्त्रणमा कठिनाइ भइरहेको अवस्था थियो ।’