खबर पूर्वाञ्चल
विराटनगरमा भएको गिरिजाप्रसाद कोइराला राष्ट्रिय व्यवसायिक आइटिएफ तेक्वाण्डो प्रदेश १ को छनौट प्रतियोगिताबाट ६ जना खेलाडी छनौट भएका हुन् । यसरी छनौट भएका ६ जना महिला र तीन पुरुष तेक्वाण्डो खेलाडी रहेका छन् ।
५५ देखि ६३ तौल समूहबाट सुनसरीबाट निकेश कटुवाल, ताप्लेजुङबाट नितेस खवास र सुनसरीबाट हिराधन राई छनौट भएका हुन् । यस्तै महिलातर्फ ४७ देखि ५० केजी तौल समूहबाट मोरङबाट कुसुम राजवंशी, द्धितीय सुनसरीबाट प्रतिष्ठा कटुवाल र तृतीय भोजपुरबाट रोमिला राई छनौट भएका छन् ।
प्रदेश १ को ७ जिल्लाबाट सहभागि भएका खेलाडीहरुबाट व्यवसायीक आइटिएफ तेक्वाण्डो राष्ट्रिय प्रतियोगितामा सहभागि जाउन प्रथम, द्धितीय र तृतीय हुने खेलाडीहरुलाई छनौट गरिएको प्रदेश १ आइटिएफ तेक्वाण्डोको अध्यक्ष प्रविणकुमार कार्कीले जानकारी दिए ।
छनौट भएका खेलाडीहरुलाई मेडल तथा प्रमाणपत्र कार्यक्रमको प्रमुख अतिथि विराटनगरका महानगरपालिका प्रमुख भीम पराजुली, वडाअध्यक्ष उद्धव पोखरेललगायतले वितरण गरेका थिए ।
कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिकाका प्रमुख पराजुलीले तेक्वाण्डो खेलाडीहरुको लागि प्रशिक्षण केन्द्र निमार्ण गरिने बताए । विराटनगर १ मा रहेको सार्वजानिक जग्गा खोजी गरि खेलाडीहरुको अभ्यासको लागि प्रशिक्षण केन्द्र स्थापना गरि संचालनमा ल्याउने उनले बताए ।