AArya
RUMPUM
animated ellipse animated ellipse

माओवादी केन्द्रबाट चुनाव जितेका रंगेलीका मेयर बगडिया एमाले प्रवेश तयारीमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२१ फाल्गुन २०७८, शनिबार १८:०६
1.67k
Shares
विराटगनर / नेकपा माओवादी केन्द्रबाट चुनाव जितेका रंगेली नगरपालिकाका मेयर दिलिप बगडिया (अग्रवाल) एमाले प्रवेश गर्ने भएका छन् ।

बगडियाले २०७४ सालको स्थानिय निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट चुनाव जितेर नगरपालिकाका प्रमुखमा निर्वाचित भएका थिए । बगडियालाई पार्टी प्रवेश गराउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फागुन २५ गते रंगेली जाने कार्यक्रम तय भएको छ ।

सर्वाेच्च अदालतको फैसलाबाट नेकपा एमाले र माओवादी केन्द्रको एकता भंग भएपछि नै वगडिया नेकपा माओवादी केन्द्रसँग टाढिएका थिए । नेकपा विभाजन भएपछि सत्तामा एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको गतिविधिबाट वगडियालाई लामो समय ओली सरकार रहने विश्वासमा परेका थिए ।

पार्टीको बैठक र अन्य गतिविधिमा सहभागी हुन छोडेपछि नेकपा माओवादी केन्द्रले उनलाई गतवर्ष स्पष्टीकरण सोधेको थियो । तर, उनले आफूले पार्टी नछोडेको र कार्यव्यस्तताले गर्दा पार्टी बैठकमा उपस्थित हुन नसकेको जवाफ पठाएका थिए । त्यसपछि उनी माओवादी केन्द्रका नेताह?सँग निकट सम्बन्धमा रहेर सरकारबाट योजना र बजेट ल्याउन क्रियाशील भएका थिए । उनले अर्थमन्त्री जनार्दन शर्मासँग पटक पटक भेट गरेर पार्टी परित्याग नगर्ने भन्दै विश्वस्त तुल्याउने गरेका थिए ।

पछिल्लो समय नेकपा माओवादी केन्द्रका स्थानीय नेताह?सँग सम्बन्ध बिग्रिएपछि बगडिया पार्टी परित्याग गर्ने मुढमा पुगेका हुन् ।

प्रमुख बगडियाले नेकपा एमाले प्रवेश गर्न लागेको स्वीकार गरेका छन् । ‘मैले पार्टी प्रवेश गर्ने तयारी गरें,’ प्रमुख बगडियाले भने । बगडियासँगै रंगेली नगरपालिकामा नेकपा माओवाादी केन्द्रबाट निर्वाचित उपप्रमुख केशवकुमारी खराल पनि एमाले प्रवेश गर्ने चर्चा चलेको छ । नेकपा एमालेले आयोजना गरेको वृहद पार्टी प्रवेश तथा जनसभा कार्यक्रममा माओवादी केन्द्रबाट निर्वाचित अ? दुई जना वडाध्यक्षसहित केही जनप्रतिनिधिह? पनि पार्टी प्रवेश गर्ने तयारी गरेको बताइएको छ ।

प्रमुख बगडिया भन्छन्, ‘म प्रवेश गर्ने कुरा निश्चित हो तर, अ? को को प्रवेश गर्छन् मैले ठेक्का लिने कुरा भएन, मैले अ?को विषयमा चासो लिएको छैन ।’

२०७४ सालको निर्वाचनमा रंगेली नगरपालिकाबाट बगडियाले ८ हजार ८६ मत प्राप्त गरी निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मोदराज घिमिरेले ६ हजार १८६ मत प्राप्त गरेका थिए । रंगेलीमा नेकपा एमाले तेस्रो स्थानमा थियो । एमालेका उम्मेदवार सन्तोषकुमार साहले ३ हजार १२१ मत प्राप्त गरेका थिए ।

नेकपा माओवादी केन्द्रका उपप्रमुखका उम्मेदवार भन्दा करिव २८ सय मत बढी मत बगडियाले पाएका थिए । आउँदो स्थानीय तहको निर्वाचनमा बगडिया फेरि लड्ने तयारीमा छन् । उनले एक पटक प्रमुख भएर आाफूले सु? गरेको योजनाह? पुरा गर्ने चाहना व्यक्त गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर