AArya
RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ मा १४ जना संक्रमण थपिए, २२ संक्रमणमुक्त

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२० फाल्गुन २०७८, शुक्रबार १६:४३
153
Shares
विराटनगर / प्रदेश १ मा पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण भएको छ । २४० जनाको पीसीआर परीक्षण गर्दा १३ र २३६ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापा र मोरङमा ४–४, सुनसरीमा ३ र पाँचथरमा २ जनामा संक्रमण देखिएको हो ।

झापाको मेचीनगरमा ३ र भद्रपुरमा १, मोरङको विराटनगर, लेटाङ, पथरीशनिश्चरे र बुढीगंगामा १–१, सुनसरीको धरान, बराहक्षेत्र र देवानगञ्जमा १–१, पाँचथरको मिक्लाजुङ र हिलिहाङमा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १० महिला र १२ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या ८५० रहेको मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर