AArya
RUMPUM
animated ellipse animated ellipse

एमसीसी सम्झौता अनुमोदनका लागि गरिएको व्याख्यात्मक घोषणा सत्ता गठबन्धनको लाज छोप्ने साधन मात्रै हो : अध्यक्ष ओली

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ फाल्गुन २०७८, मंगलवार १८:३५
180
Shares
फाइल तस्वीर
काठमाण्डौ /प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सम्झौता अनुमोदनका लागि गरिएको व्याख्यात्मक घोषणा अर्थहीन भएको टिप्पणी गरेका छन् ।

काठमाडौंमा आज पत्रकार सम्मेलन गर्दै अध्यक्ष ओलीले व्याख्यात्मक घोषणा सत्ता गठबन्धनको लाज छोप्ने साधन मात्रै भएको टिप्पणी गरेका हुन् । एमसीसीलाई गलत ढङ्गले गिजोलिएको भन्दै उनले आफूहरुलाई एमसीसी पारित गर्ने प्रक्रियामा संलग्न हुन नदिइएको आरोप समेत लगाए ।

एमसीसी अनुमोदन गर्दा सभामुखले नियम मिचेको आरोप लगाउँदै अध्यक्ष ओलीले संसदको एउटा अधिवेशनमा पेस भएको प्रस्ताव त्यो अधिवेशनमा अघि नबढे अर्काे अधिवेशनमा फेरि ल्याउनुपर्नेमा त्यसो नगरिएको जिकीर गरे । आफूहरु सभामुखको राजीनामा पर्खिरहेको भन्दै त्यो नहुँदासम्म संसद चल्न नसक्ने उनको भनाइ थियो ।

आफूलाई पदच्यूत गर्न मात्र एमसीसीमा बखेडा झिकिएको प्रष्ट भएको पनि अध्यक्ष ओलीले बताए । प्रचण्ड र माधव नेपालले कार्यकर्ता उचालेर सडकमा ढुंगामुडा गर्ने आफूहरुचाहिँ सत्तामा टाँसिरहने चरित्र देखाएको पनि अध्यक्ष ओलीको आरोप थियो । यसअघि, एमसीसी सम्झौता अनुमोदन गरिएकोप्रति धारणा सार्वजनिक गर्दै एमालेले सम्झौंता अनुमोदनसँगै निहीत स्वार्थसहित चालिएका चाल र प्रचारबाजीको पटाक्षेप भएको जनाएको थियो ।

राष्ट्रको हित प्रतिकूल नहुने गरी एमसीसी सम्झौता कार्यान्वयन हुनुपर्ने भन्दै एमालेले संसदमा पेश गरिएको व्याख्यात्मक टिप्पणी भ्रमको खेती मात्र भएको जनाएको छ । दुई सरकारबीच भएको सम्झौता, सहमतिको झन्डै आधा दशकपछि एकतर्फ व्याख्याद्वारा संशोधन हुन्छ भन्नु जनतालाई ढाँट्ने दुष्प्रयास भएको एमालेको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर