AArya
RUMPUM
animated ellipse animated ellipse

मन्त्री कार्कीद्वारा रक्तदान

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

८ फाल्गुन २०७८, आईतवार १८:१८
396
Shares
विराटनगर / प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले प्रजातन्त्र दिवस–२०७८ को उपलक्ष्यमा रक्तदान गरेका छन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोशीराज दाहालको संयोजकत्वमा गठित प्रजातन्त्र दिवस मूल समारोह समितिको आयोजनामा नेपाल रेडक्रस सोसाइटी र कोशी अस्पतालको संयुक्त संयोजनमा अस्पतालमाको प्राङ्गणमा आज आयोजित खुल्ला रक्तदानमा मन्त्री कार्कीले रक्तदान गरेका हुन् ।

सो अवसरमा अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, निजामती कर्मचारी, सशस्त्र प्रहरी एवंं सर्वसाधारणले समेत रक्तदान गरे ।

प्रजातन्त्र दिवस फागुन ६,७ र ८ गते भव्य रुपमा मनाउने कार्यक्रम अनुसार आज अन्तिम दिन रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

दिवसको उपलक्ष्यमा यस अघि नगरको सरसफाई, घरघरमा दिपावली , सार्वजनिक स्थानमा राष्ट्रिय झण्डा फहराउने, वृद्धाश्रम, मानवसेवा आश्रममा फलफूल वितरण, अन्तरसम्वाद लगायतका कार्यक्रम सम्पन्न भै सकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर