AArya
RUMPUM
animated ellipse animated ellipse

प्रजातन्त्र दिवसका अवसरमा ज्येष्ठ नागरिक सम्मानित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ फाल्गुन २०७८, शनिबार १८:१८
126
Shares
विराटनगर/ विराटनगर–११ स्थित अलका टोल बुद्धबिहार मार्ग समितिले दुई जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।

७२ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर विराटनगर–११ भद्रचोकमा आज आयोजित कार्यक्रममा समितिले मिठुदेवी कोइराला र वीरबहादुर भट्टराईलाई सम्मान गरेको हो ।

कार्यक्रममा विराटनगर–११ का अध्यक्ष तीर्थेन्द्र न्यौपाने, आयोजक संस्थाका अध्यक्ष यादनरसिंह कार्की, समाजसेवी चिरञ्जीवि दाहाललगायतले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए । ज्येष्ठ नागरिक समाजका गहना भएकाले उनीहरुलाई सम्मान गरिएको संस्थाका सचिव खगेन्द्र संग्रौलाले बताए ।

प्रजातन्त्र दिवसको अवसर पारेर समितिले हरेक वर्ष ज्येष्ठ नागरिकलाई सम्मान गर्दै आएको छ । कार्यक्रममा अग्रज कवि कृष्णराज कोइराला, हरिप्रसाद बराल, इन्द्र खतिवडा, तारा नेपाल, मोहन ताम्राकारलगायतले रचना प्रस्तुत गरे । भएको थियो ।

समारोहमा कार्यक्रमका प्रमुख अतिथिसमेत रहनु भएका वडाध्यक्ष तीर्थेन्द्र न्यौपाने, समाजसेवी चिरञ्जीवी दाहाल, कवि एवं पत्रकार मीनकुमार नवोदित, संयुक्त टोल संगठन नगर समन्वय समितिका अध्यक्ष राजेश मास्के, ज्येष्ठ नागरिक समाजका अध्यक्ष ललित श्रेष्ठलगायतले प्रजातन्त्र दिवसको महत्वका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर