खबर पूर्वाञ्चल
लागुऔषध गाँजाको ओसार पसार तथा कारोवाट भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले ४ सय केजी गाँजासहित ३ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा बेलका नगरपालिका–८ का २७ बर्षीय गोकुल राई, बेलका नगरपालिका–७ का २९ बर्षीय मनोज राई र बराहक्षेत्र नगरपालिका–१ सुनसरीका २३ बर्षी मनिष धामी रहेका छन् । उनीहरुलाई को१ ज २७६१ नम्बरको पिकअपमा गाँजा ओसार पसार गरिरहेको अवस्थामा पिकअपसहित पक्राउ गरिएको हो ।
उनीहरुको साथबाट प्रहरीले नगद त्रिसठ्ठी हजार पचिस रुपैँयासमेत बरामद गरेको छ । गाँजासहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।