खबर पूर्वाञ्चल
आज विराटनगरमा समाजवादी प्रेस संगठन नेपालको प्रदेश १ स्तरीय प्रथम भेलाको उद्घाटन गर्दै मुख्यमन्त्री राईले सो कुरा बताएका हुन् । उनले विगतको सरकारले कुनै पनि काम गर्न नसकेकाले कार्यको विशेषताले मन्त्रालयको विभाजन गर्नु परेको धारणा व्यक्त्त गरे ।
मन्त्रिमण्डल विस्तारबाट केही खर्च वृद्धि भएपनि सरकारले राजश्व वढाउने विश्वास दिलाउँदै मुख्यमन्त्री राईले विगतको सरकारले ठूलो आर्थिक खाड्ल सिर्जना गरेकोमा त्यसलाई पुर्न काम भैरहेकोले नयाँ योजना ल्याउन समस्या उत्पन्न भैरहेको जानकारी दिए ।
मुख्यमन्त्री राईले सरकारले बजेटको पुनरावलोकन गरी अनावश्यक योजना कटौती गरी आगामी १०/१५ दिनभित्र केन्द्रबाट थप बजेट ल्याइ प्रदेशको समृद्धिका लागि केही नयाँ योजना ल्याउने समेत बताए ।
मुख्यमन्त्री राईले प्रदेशका नामका लागि सबै राजनीतिक दल र सरोकारवालाहरुको भेलावाट सर्वसम्मत अथवा मतदान प्रक्रियाबाट आगामी प्रदेश सभाको अधिवेशनबाट टुङ्याउने दावी गरे ।
प्रदेशको संरचना निर्माणका लागि यही आर्थिक वर्षभित्र जग्गाको खोजी गरी आगामी आर्थिक बर्षमा निर्माण कार्य शुरु गर्ने मुख्यमन्त्री राईले जानकारी दिए ।
सञ्चारकर्मीहरुको हकहित र वृत्ति विकासका लागि मन्त्रालयमा थप बजेट विनियोजन कार्यान्वयन गर्ने बताउदै मुख्यमन्त्री राईले सञ्चारकर्मीहरुको सुझाव अनुसार प्रादेशिक सञ्चार प्रतिष्ठान विधेयक मार्फत ऐन निर्माण गर्ने प्रतिवद्धता व्यक्त्त गरे ।
यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले महिला तथा अपाङ्गलाई पत्रकारिता पेशाप्रति आकर्षण जगाउन प्रोत्साहनको व्यवस्था गर्ने बताए । उनले रेडियो, टेलिभिजन प्रदेशस्तरमा दर्ताका लागि विधि कानून अनुसार ऐन बनाउने कार्य भइरहेको जानकारी दिए ।
नेकपा (एकीकृत समाजवादी)का प्रदेश सचिव महेश रेग्मीले स्वार्थभन्दा माथि उठेर देश र समाज परिवर्तनका लागि एक ढिक्का भै आगाडि वढनु पर्नेमा जोड दिए ।
समाजवादी प्रेस संगठनका प्रदेश १ का अध्यक्ष बन्धु पोखरेल, केन्द्रीय वरिष्ठ उपाध्यक्ष विश्वमणि सुवेदी, केन्द्रीय सह–महासचिव रामकुमार एलन, प्रदेश इन्जार्च तीर्थ सिग्देल, , प्रेस सेन्टरका प्रदेश उपाध्यक्ष नवराज कट्टेल र नेपाल पत्रकार महासंघ प्रदेश अध्यक्ष लिलावल्लभ घिमिरे अनलाईन पत्रिकालाई प्रदेशमा दर्ताको व्यवस्था गर्न आग्रह गरे ।
समाजवादी प्रेसको प्रदेशका १४ जिल्लामध्ये १० मा संगठन विस्तार गरिएको छ भने मोरङ र प्रदेश कमिटीलाई पूर्णता दिने कार्यक्रम रहेको छ ।