खबर पूर्वाञ्चल
धनपालथान–७ की ३५ वर्षीया रिहाना खातुनलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए । उनका अनुसार बिहे गरेको ३ वर्षसम्म सन्तान नभएकी एक महिलालाई झारफुक गरेर छोराछोरी हुने बनाइदिनुभन्दै साथमा रहेको करिब १० तोला बराबरको चाँदीको गहना लिएर रिहाना फरार भएकी थिइन् । उनलाई पक्राउ गरेर ठगी मुद्दा चलाउनका लागि म्याद थप गरेर अनुसन्धानको प्रक्रिया अघि बढाइएको डिएसपी श्रेष्ठले बताए ।