AArya
RUMPUM
animated ellipse animated ellipse

इटहरीमा तीनसय परिवारलाई राहत

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२० माघ २०७८, बिहीबार १७:१०
144
Shares
इटहरी / इटहरी वडा नम्वर १६ र १७ का तीनसय परिवारलाई राहत वितरण गरिएको छ ।

इटहरी उपमहानगरपालिकाको संयोजनमा आसमान नेपालले राहत वितरण गरेको हो । इटहरी वडा नम्वर १६ र १७ वडामा उपमहानगरका प्रमुख द्धारिकलाल चौधरी,आसमान नेपालका सल्लाहकार गुरु सुवेदी, वडाध्यक्षहरु भगवानलाल शाह र दिप नारायण चौधरीले कोरोना पीडित अति विपन्न परिवार, एकल महिला, दलित तथा अपाँगता भएकाहरुलाई राहत प्रदान गरे ।

प्रति परिवार ३० केजी चामल, ब्लाङकेट, दुई केजी नुन, दुई केजी दाल, दुई लिटर तेल, मास्क, सेनिटाइटर वितरण गरिएको आसमान नेपालका सल्लाहकार सुवेदीले वताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर