खबर पूर्वाञ्चल
ओलीले भीम रावललाई फराकिलो मत अन्तरले पराजित गरेका छन् । दुई हजार एक सय ५३ जना प्रतिनिधि उपस्थिति रहेकोमा २०९६ मत खसेको थियो ।
ओलीले रावललाई १ हजार ५ सय ८५ मत अन्तरले पराजित गर्दै दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका हुन् । ओलीले १८ सय ८ मत ल्याउँदा रावलले २ सय २३ मत प्राप्त गरेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।
यद्यपि निर्वाचन समितिले भने मत परिणामको औपचारिक घोषणा भने गरेको छैन् ।
सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास सफल नभएपछि निर्वाचन भएको थियो । नवौं महाधिवेशनमा निर्वाचित भएदेखि एमालेको नेतृत्व ओलीले सम्हाल्दै आएका छन् । नवौं महाधिवेशनबाट रावल उपाध्यक्ष बनेका थिए । १० औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिएपछि रावलले अध्यक्ष नबने केन्द्रीय सदस्यमा पनि नरहने घोषणा गरेका थिए ।