खबर पूर्वाञ्चल
धनकुटाको पाख्रीवास नगरपालिका – ४ घर भई मोरङ बुढीगंगा गाउँपालिका –६ बस्ने २६ वर्षिय रिजन दाहालको हत्या आरोपमा प्रहरीले सुनसरी ईटहरी उपमहानगरपालिका ११ भागलपुरका २२ वर्षिय राजु तमाङलाई पक्राउ गरेको हो । प्रहरीले यसअघि रिजनको हत्या आरोपमा चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका ७ का २१ वर्षिय बिक्रम खड्का, बुढीगंगा गाउँपालिका ६ का २४ वर्षिय ईश्वर लिम्बु, सोही ठाउँका १८ वर्षिय सुदिप उराउँ र २० वर्षिय सुदिप उराउँ रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । पक्राउ परेका मध्ये खड्काले रिजनलाई खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।
कार्तिक २८ गते राती ९ बजे बुढीगंगा गाउँपालिका ७ मा युवा समूहबिच ग्याङ फाइटमा आधा दर्जन बढीको समूहले रिजनलाई हत्या गरेका थिए । पक्राउ परेका पाँचै जनालाई मोरङ अदालतमा बिहीबार कर्तब्य ज्यान मुद्दामा पाँच दिनको म्याद थप गरि अनुसन्धान सुरू गरेको छ ।
घटनामा अरुको पनि संलग्न रहेको छ । यस घटनाको मुख्य आरोपीलाई प्रहरीले पक्राउ गरेको छैन । घटनाको मुख्य अभियुक्त भारततर्फ फरार भएको बुझिएको छ । उनको पनि खोजी कार्य तिव्र बनाएको मोरङ प्रहरीले जनाएको छ ।
यस्तो छ घटना
बूढीगङ्गा–६ का नानु लिम्बूको भतिजीको जन्मदिन मनाउन रिजन गत आइतबार राति उनको घर गएका थिए । जन्मदिनको पार्टीका क्रममा दुई युवा समूहबीच विवाद भएको थियो । बूढीगङ्गा–६ का २३ वर्षीय धने भनिने धनबहादुर तामाङ, २४ वर्षीय ईश्वर भनिने लिखमान लिम्बू र सुनसरीको इटहरी–११ का २२ वर्षीय राजु तामाङलगायत ६–७ जनाको समूहसँग दाहालको विवाद भएको थियो ।
विवाद बढ्दै गएपछि जन्मदिन मनाएको घरमा झगडा नगर भन्दै त्यहाँबाट भगाएका थिए । नानुको घरदेखि हिँडेका रिजनलाई बूढीगङ्गा–६ का डम्बरबहादुर लिम्बूको बारीमा लगेर आक्रमण गरेका थिए । उनीमाथि धनबहादुरसहित ७ जनाको समूहले खुकुरी प्रहार गरेको प्रहरीको अनुसन्धानदेखि खुलेको छ । टाउँकोमा खुकुरी प्रहार गरिएपछि गम्भीर घाइते भएका उनको उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको थियो । झगडा छुट्याउन गएका रिजनका साथी नानु लिम्बू र कमल थापा पनि घाइते भएका थिए ।
रिजनको हत्या हुनुभन्दा एक दिन अगाडी धनबहादुरसँग झगडा भएको थियो । सामान्य झगडा हुँदा रिजनले धनबहादुरलाई एक झापड गालामा हानेका थिए । त्यही झापड हानेको रिस फेर्न धनबहादुर जन्मदिनको पार्टीमा गई विवाद झिकेका थिए । तेही झापड हानेको रिस फेर्दा ग्याङ फाइट भएको थियो । ग्याङ फाइटमा परी रिजनको हत्या भएको थियो ।