खबर पूर्वाञ्चल

उनीहरुले गिरीलाई पुनः फिर्ता पठाउनुपर्ने माग सहित छतमा बसेर चर्काे नाराबाजी गरिरहेका छन् । गिरी यसअघि मोरङ कारागारबाटै डिल्लीबजार कारागार सारिएका अपराधी हुन् । मोरङमा जेलबाटै फिरौती र उद्योगी व्यवसायीसँग असुली धन्दा चलाएको आरोपमा २०७४ चैत २३ गते उनलाई डिल्लीबजार कारागार सारिएको थियो । हाल नेपाली कांग्रेसका नेताहरूको दबाबमै गिरीलाई पुनः मोरङ कारागार सारिएको श्रोतको दाबी छ ।
मोरङ कारागारमा हुँदा कैदीबन्दीको नेतृत्व गर्ने चौकीदारको जिम्मेवारी उनलाई दिइएको थियो । कैदीबन्दीलाई चरम यातना दिने, कुटपिट गर्ने, महिनावारी असुल्ने तथा कारागारभित्र सजाय भुक्तान गरिरहेकाहरुलाई उपभोग्य वस्तु महँगो मूल्यमा बिक्री गर्ने र टेलिफोनमा महँगो मूल्य लिने गरेको आरोप उनीमाथि छ ।
छोटो समयमै अकूत सम्पत्ति आर्जन गरेको देखिएपछि उनीविरुद्ध सम्पत्ति शुद्धीकरण विभागमा पनि मुद्दा चलाइएको थियो । गिरी लामो समयदेखि विराटनगरलाई आधार बनाएर गुन्डागर्दीमा संलग्न थिए । अपहरण मुद्दामा दोषी ठहर भएपछि कैद काट्दै गरेका बेला कांग्रेसका नेताको संरक्षणमा कारागारभित्रैबाट आफ्नो धन्दा चलाउने गरेको पाइएपछि उनलाई मोरङबाट काठमाडौं पठाइएको थियो ।