AArya
RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ मा आज ५३ जनामा संक्रमण पुष्टि

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ कार्तिक २०७८, आईतवार १७:३७
594
Shares
विराटनगर / पछिल्लो २४ घण्टामा प्रदेश १ मा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

४४१ जनाको पीसीआर परीक्षण गर्दा ४६ र ७१ जनाको एन्टिजेन परीक्षण गर्दा ७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालउले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २०, मोरङमा १३, सुनसरीमा १२ र संखुवासभामा १ जनामा संक्रमण देखिएको हो ।

झापाको गौरादहमा ४, अर्जुनधारा, कनकाई, भद्रपुर र विर्तामोडमा ३–३, दमक र मेचीनगरमा २–२, मोरङको विराटनगरमा ७, सुन्दरहरैचामा २, बुढीगंगा, ग्रामथान, लेटाङ र उर्लाबारीमा १–१, सुनसरीको इटहरीमा ८, रामधुनी र इनरुवामा २–२ र संखुवासभाको खाँदबारीमा १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ८५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४१ महिला र ४४ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक महिला र एक पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर