AArya
RUMPUM
animated ellipse animated ellipse

वाढि तथा पहिरो पिडित लाई रेडक्रसद्धारा राहत वितरण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ कार्तिक २०७८, बिहीबार १७:०७
531
Shares
विराटनगर / मोरङ जिल्लाका वाढि तथा पहिरो पिडितहरुलाई नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाले राहत सामाग्री वितरण गरेको छ ।

गतहप्ता आएको वाढि र पहिरोका कारण पूर्ण र आंसिक क्षति भएका दुई सय भन्दा वढि परिवारलाई शाखाले राहत वितरण गरेको हो ।

विराटनगर महानगरपालिकासहित रतुवामाई , उर्लावारी तथा सुनवर्सी नगरपालिका साथै मिक्लाजुङ र वुढिगंगा गाउँपालिकाका वाढि पिडितहरुलाई राहत वितरण गरिएको शाखाका सभापती सुवोधकुमार सिंहले वताए ।
पूर्ण क्षति भएका प्रत्येक परिवारलाई एक थान त्रिपाल, दुई थान कम्वल, एकसेट भाडा कुडा, तीन मिटर सुटिङ कपडा, चार मिटर सटिङ कपडा, दुई मिटर पपलिङ कपडा तथा सात मिटर प्रिन्टेड कपडा र पुरुष धोती तथा साडी तथा डोरीलगायतका राहत समाग्री वितरण गरिएको छ ।

त्यसैगरि आसिंक क्षति भएका परिवारलाई एक थान त्रिपाल, एक थान मेट्रेस , एकथान झुल, एक थान हाइजिन किट तथा १० मिटर डोरी वितरण गरिएको छ । मिक्लाजुङ गाउँपालिकाका पहिरो पिडित ६ परिवार उर्लावारी नगरपालिकाका पूर्ण र आसिंक क्षतिगरि ६१ प्रिवार वुढिगंगा गाउँपालिकाका २१ प्रिवार रतुवामाइ नगरपालिकाका ४४ परिवार सुनवर्सी नगरपालिकाका ३६ परिवार तथा विराटनगर महानगरपालिकाका ६० परिवारलाई शाखाले राहत वितरण गरेको हो ।

वाढि प्रभावित क्षेत्रमा पुगेर आवश्यक्ता अनुसार करिव साढे १४ लाख वरावरको राहत सामाग्री वितरण गरिएको सभापती सिंहले वताए । स्थानिय पालिका, रेडक्रस, नेपाल प्रहरीले तथा स्थानिय प्रसासनले वाढि प्रभावित क्षेत्रको अनुगमन तथा सर्वेक्षण गरेर पिडित परिवारको नाम संकलन गरेर राहत वितरण गरेको हो । रेडक्रस मोरङ शाखा अध्यक्ष सिंह तथा शाखाका महामन्त्री सुगदेव मण्डलले पिडितहरुलाई राहत सामाग्री वितरण गरे । पहिलो चरणमा रेडक्रसवाट पाएको सहयोगले केहि भएपनि आफुहरुलाई राहत भएको पिडितहरुको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर