AArya
RUMPUM
animated ellipse animated ellipse

चार बर्षमा इटहरीले पूर्वाधार निर्माणमा उल्लेखनिय फडको : प्रमुख चोैधरी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ आश्विन २०७८, मंगलवार १५:१३
504
Shares
इटहरी / इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले चार बर्षमा इटहरीले पूर्वाधार निर्माणमा उल्लेखनिय फडको मारेको वताएका छन् ।

कार्यक्रम हेल्लो मेयरमा कुरा गर्दै उनले पुषसम्ममा इटहरीका प्राय सवै मुलवाटोहरु पिच भइसक्ने दावी गरे । प्रमुख चोैधरीले चार बर्षमा सय किलोमिटर सडक कालोपत्रे भएको जानकारी समेत दिए । यो आर्थिक बर्षमा थप सय किलोमिटर सडक कालोपत्रे हुने गरि धमाधम काम भइरहेको वताए । चार वर्षमा चालिस किलोमिटर भित्री वाटोहरुमा ब्लक ओछयाउने काम भएको र यो बर्ष थप १० किलोमिटर भित्री वाटोहरुमा ब्लक ओछयाई सकिने वताए । उनका अनुसार केहि दिन भित्रैमा पाँच करोड लगानीमा वन्ने हुलाकी सडक अन्र्तगतको पूल शिलान्यास हुने छ ।

इटहरीमा चार बर्षमा ८१ वटा साना पुल तथा कल्भर्ट निर्माण कार्य सम्पन्न भइ सकेका छन् । चारवटा ठूला पुल निर्माण प्रकृया सुरु भएको छ । उनले इटहरीमा चाडैनै एक अर्व ३७ करोडको वल्र्डवैकको परियोजना संचालन हुन लागेको जानकारी दिए । त्यसका लागि सम्झौता भइसकेको छ । आठ वटा वडा कार्यालय भवन निर्माण हुदैछन । केहि महिना भित्रैमा इटहरीका सवै वडा वाटै स्थानीयले आधारभूत स्वास्थ्य सेवा पाउने छन ।

१४ वटा स्वास्थय इकाई भवन निर्माण सकेर केहि महिनामै स्वास्थ्य सेवा सुरु गरिने छ । त्यसका लागि आवश्यक जनशक्ति,फर्निचर,औषधी लगायतको ब्यवस्था भइसकेको प्रमुख चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार इटहरी अस्पतालको ३ तले २३ कोठे भवन निर्माण भइरहेको छ । इमन्रजेन्सी ब्लक समेत वन्दै छ । अहिले इटहरी अस्पतालमा एमडिजिपि सहित ५४ जनाले सेवा प्रदान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर