खबर पूर्वाञ्चल
विहानको हिड्डुलबाट कैयन शारिरीक तथा मानसिक रोगहरुबाट बँच्न सकिने भएकाले यसलाई दैनिक तालिकामा समावेश गर्नुपर्ने उनीहरुले सुझाव दिए । विश्व स्वास्थ्य संगठन नेपालले नागरिकलाई दैनिक रुपमा विहानीपख हिड्डुल र शारिरीक व्यायाम गर्ने जनचेतना जागृत गराउनका लागि आजदेखि अभियानको रुपमा ‘वाक द टक ’ कार्यक्रम सञ्चालन गरेको छ ।
विराटनगरको देवकोटा चोकदेखि वडा नं ३ को वडा कार्यालयसम्म छ किलोमिटर आज हिड्ने कार्यमा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, विश्व स्वास्थ्य संगठन नेपालका डा. मनोज गुप्ता, कोशी अस्पताल विराटनगरका सुपरिडेण्डेन्ट डा चुमनलाल दास, कोशी अस्पताल विकास समितिका अध्यक्ष महेशप्रसाद भट्टराई, स्वास्थ्य कार्यालय धनकुटाका प्रदेश प्रमुख ज्ञानेन्द्र वस्नेतलगायत विभिन्न स्वास्थ्य संस्थाका चिकित्सक, स्वास्थ्यकर्मीहरुको सहभागिता थियो ।
संगठनको यस प्रकारको कार्यक्रम विश्वका विभिन्न देशका साथै काठमाण्डौ, कर्णाली प्रदेश लगायतमा देशका विभिन्न स्थानमा सम्पन्न गरि आजदेखि विराटनगरमा शुरु गरेको जनाएको छ ।
विराटनगर महानगरपालिका प्रमुख पराजुलीले सरुवा रोग तथा कोरोना महामारी तथा नसर्ने रोगहरु उच्चरक्तचाप, मधुमेह र मुटुको रोगबाट आफु र समाजलाई वचाउन हिड्डुल सर्वोत्तम व्यायाम सन्देश समाजमा सम्प्रेषण गर्नु पर्नेमा जोड दिए ।
विहानको घुमफिर,कसरत र मर्निङवाकका बिषयमा सर्वसाधारणलाई जागरुक बनाउन कार्यक्रम सञ्चालन गरिएको विश्व स्वास्थ्य संगठन नेपाल डा. गुप्ताले बताए ।
कोशी अस्पतालका मेसु डा दासले सचेतनामुलक सांकेतिक कार्यक्रमलाई सबैले गम्भिरतापूर्वक लिएर ब्यवहारमा उतार्नु पर्ने आवश्यक्ता रहेको बताए ।