AArya
RUMPUM
animated ellipse animated ellipse

सरकार छिटै परिवर्तन हुने प्रमुख सचेतक कार्कीको दावी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१ भाद्र २०७८, मंगलवार १९:२८
909
Shares
फाइल तस्वीर
विराटनगर / आगामी दसैं अगाडि नै प्रदेश १ सरकार परिवर्तन हुने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दावी गरेको छ ।

नेकपा एमाले विभाजित भए वा नभएपनि प्रदेश सरकार परिवर्तन हुने निश्चित भएको कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले दाबी गरेका हुन् ।

संसदीय दलको कार्यालयमा आज केही सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक कार्कीले दसैं अगाडि नै प्रदेशमा नयाँ सरकार बनाउने गृहकार्य सुरु भइसकेको बताएका हन् । उनले भने ‘आउँदो दसैँअगाडि नै प्रदेश १ मा नयाँ सरकार गठन हुन्छ, सरकार कसले बनाउँछ भनेर अहिले चर्चा नगरौं तर यो सरकार भने रहने छैन ।’

प्रदेशसभाको आठौं तथा बजेट अधिवेशन अचानक अन्त्य गर्नुको तात्पर्य सत्ता र सरकारमा आएको संकटनै भएको दावी गर्दै प्रमुख सचेतक कार्कीले भने ‘होइन भने मुख्यमन्त्रीले पटक पटक संसदमा उभिएर व्यक्त गरेको प्रतिवद्धता अनुरुप नामाकरणको प्रस्ताव नै नल्याई किन सदन अन्त्य गरियो त ’

उनले प्रदेश सरकारले बर्खे अधिवेशन अन्त्य गर्ने अनौठो भन्दा पनि विगतकै कार्यलाई पुनरावृत्ति गरेको र सरकारले पछिल्लो एक वर्ष कुनै विजनेश नदिई सदनलाई छल्ने काम गरेको बताए । ‘हरेक पटक सत्ता संकटमा पर्दा संसद अधिवेशन अन्त्य गर्ने र सदनले काम गर्न खोज्दा सत्तारुढ दलले नै सदन बहिस्कार गर्ने गलत संस्कार बसाल्ने कम यस बिचमा भए,’ उनले भने ।

अहिले पनि सत्ता अप्ठेरो अवस्थामा पुगेकोले केही समय भए पनि कुर्सी जोगाउन प्रदेशसभा अधिवेशन अन्त्य गरिएको कार्कीको आरोप छ । सरकारले ल्याएको बजेट फेल भएको जिकिर गर्दै उनले प्राविधिक रुपमा मात्र बजेट पास भएको नेता कार्कीले बताए । ‘बजेट नैतिक रूपमा फेल भएको हो । प्राविधिक रूपमा मात्र पास मानिएको हो । सत्तापक्षका सांसदले विरोध गरे ।

सरकारभन्दा विपक्षी जिम्मेवार भएर पास गराएको हो,’ कार्कीले भने, ‘मुख्यमन्त्रीले यही अधिवेशनमा नामकरण गर्ने भनेर सदनको पहिलो अधिवेशनदेखि नै रटान लगाएको र यो थेगो नै बनेको छ । नाम ल्याउने भएको भए पहिले दुईतिहाइ थियो, अहिले बहुमत छ । किन प्रस्ताव नगरेको त ?’ उनले नामका लागि नेपाली कांग्रेस छलफल गर्न सँधै तयारी अवस्थामा रहेको बताए ।

अहिले अध्यादेशको चर्चाले चालु अधिवेशनमा आउला भनेर कागजात मिलाउन सरकारले अधिवेशन अन्त्य गरेको हुन सक्ने आरोप पनि प्रमुख सचतेक कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर