AArya
RUMPUM
animated ellipse animated ellipse

अवरोधपछि विराटनगर ८ मा ‘जोनसोन एण्ड जोनसोन’ खोप कार्यक्रम स्थगित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ श्रावण २०७८, मंगलवार १९:३६
5.72k
Shares
विराटनगर/ विराटनगर महानगरपालिका – ८ नम्बर वडा कार्यालयमा मंगलबार देखि लगाउन सुरू भएको ‘जोनसोन एण्ड जोनसोन’ खोप कार्यक्रम स्थगीत भएको छ ।

स्थानिय युवाहरूको समूहले अवरोध पु¥याएपछि वडा कार्यालयले दुई दिनको लागि खोप कार्यक्रम स्थगित गरेको हो ।

अपाङ्गता भएका व्यक्तिहरूलाई खोप लगाउन सुरू भएपछि स्थानिय युवाले खोप हान्न अवरोध गरेपछि त्यहाँ खटिएका स्वास्थ्यकर्मीह?ले खोप लगाउने कार्यक्रम स्थगित गरेका थिए । विराटनगर ८ स्थित सप्तकोशी स्कुलमा मगंलबार विहान १० बजेदेखी सु? गरिएको ‘जोनसोन एण्ड जोनसोन’ खोप आफुह? असुरक्षित भएको भन्दै स्वास्थ्यकर्मीह?ले खोप हान्ने कार्यक्रम रोकेका हुन् ।

८ नम्बर वडामा ३ सय वटा खोप आएको थियो । जसमा ४५ वटा खोप हानिसकेपछी स्थानियले अवरोध गरेको खोपकेन्द्रकी स्वास्थ्यकर्मी अन्जु श्रेष्ठले जानकारी दिइन् । ‘हामीले अपाङगता भएका व्यक्तिह?लाई लगाउदै थियौ,’ त्यही क्रममा स्थानियले अवरोध गरेको गरे,’ उनले भनिन्, ‘उहाँह?को उमेर ४८ र २८ बर्षको हुनुहुन्थ्यो ।’ नेपाल सरकारले नै अपाङगता भएका व्यक्तिह?लाई जुनैसुकै केन्द्रबाट हान्न मिल्ने आदेश आएको थियो । तर, हामीेले ती नै अपाङगता भएका व्यक्तिह?लाई खोप लगाउने क्रममा अवरोध पु¥याएको स्वास्थ्यकर्मीहरूको भनाई छ ।

स्थानियले खोप लगाउने कार्यक्रममा अवरोध पु¥याएपछि दुई दिनको लागि स्थगित गरिएको विराटनगर ८ का वडाअध्यक्ष निश्चत अर्यालले जानकारी दिए ।

‘खोप कार्यक्रममा अवरोध पु¥याएपछि स्वास्थ्यकर्मीहरूले असुरक्षित भएको भन्दै बिहीबारसम्मको लागि खोप कार्यक्रम स्थगित गरिएको हो,’ वडाअध्यक्ष अर्यालले भने, ‘दुई दिनपछि खोप कार्यक्रमलाई निरन्ता दिनेछौं ।’ उनले हामीले नेपाल सरकारले तोकेको मापदण्ड भन्दा बाहिर गएर कसैलाई पनि खोप नलागएको बताएका छन् । ‘मैले स्पष्ट भनेको पनि थिए, हाम्रो वडाको कुनैपनि जनप्रतिनिधीले सोर्सफोर्स लगाएर आए त्यस्तो अवस्थमा खोप नहान्नु भनेर, ‘तर स्वास्थ्यकर्मीलाई जुन काम गर्न अवरोध गरिएको छ त्यो निन्दनिय छ । हाम्रा स्वास्थ्यकर्मीलाई जब सम्म काम गर्ने बाताबरण हुन्न तब सम्म हामी खोप लगाउदैनौँ,’ उनले भने ।

स्थानियको अवरोधपछि ३५० वटा आएको खोप मध्ये ३०० वटा खोप फिर्ता भएको छ । जसमध्ये ५ वटा स्थानियको अवरोधका कारण विग्रीएको छ भने ४५ वटा खोप लगाएको त्यहाँ खटिएका स्वाथ्यकर्मीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर