खबर पूर्वाञ्चल
मोटसाइकल दुर्घटनामा परि मोरङको ग्रामथान गाउँपालिका – ४ का वर्ष ३५ चन्द्रमणी रिजाल सवारी चालक र सवार सोही ठाउँका ४० वर्षिय पदम सुवेदी गम्भिर घाइते भएका हुन् ।
गम्भिर घाइते भएका दुवै जनाको विराटनगरस्थित नोबेल टिचिङ्ग हस्पिटलमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए । विराटनगर– पुष्पलालचौक खण्ड खण्ड अन्तर्गत दक्षिणदेखि उत्तरतर्फ जाँदै गरेको प्रदेश १ – ००२–०४२ प १९१३ नम्बरको मोटसाइकलले कुकुरलाई जोगाउने क्रममा अन्यन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । उनीहरू मलामी गएर घर फर्किने क्रममा दुर्घटनामा परि घाइते भएको मोरङ ट्राफिक प्रहरीले जनाएको छ ।