AArya
RUMPUM
animated ellipse animated ellipse

१ हजार ६०८ जनाको पीसीआर परीक्षण गर्दा प्रदेश १ मा ४६७ जना संक्रमित थपिए, ३५७ संक्रमणमुक्त

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ श्रावण २०७८, बुधबार १७:३३
693
Shares
विराटनगर/ पछिल्लो २४ घण्टामा प्रदेश १ मा १ हजार ६०८ जनाको पीसीआर परीक्षण गर्दा ४६७ जना कोरोना संक्रमित थपिएका छन् ।

झापामा १७३, मोरङमा १३५, सुनसरीमा १०६, धनकुटामा १८, इलाममा ८, भोजपुरमा ५, उदयपुरमा ४, संखुवासभामा २, पाँचथरमा १ र प्रदेश १ बाहिरका १५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । त्यसैगरि १ हजार ४७९ जनाको एन्टिजेन परीक्षण गर्दा ४७१ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

मन्त्रालयका अनुसार झापाको दमकमा ५०, विर्तामोडमा ४८, कनकाई र भद्रपुरमा १६–१६, मेचीनगरमा १५, अर्जुनधारामा १४, शिवसताक्षीमा ५, कमल गाउँपालिकामा ४, गौरादहमा २, झापा गाउँपालिका, बुद्धशान्ति र हल्दिबारीमा १–१, मोरङको पथरीशनिश्चरेमा ४१, विराटनगरमा ३२, बेलबारीमा २१, लेटाङमा १७, सुन्दरहरैचामा ९, उर्लाबारीमा ७, बुढीगंगामा ३, मिक्लाजुङ, कानेपोखरी, धनपालथान, रंगेली र कटहरीमा १–१, सुनसरीको इटहरीमा ५०, धरानमा ४७, इनरुवामा ३, रामधुनी र बराहक्षेत्रमा २–२, दुहवी र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिकामा १०, पाख्रिबासमा ६, शहिदभूमी र छथरमा १–१, इलामको सन्दकपुरमा ३, चुलाचुलीमा २, इलाम नगरपालिका, मांसेबुङ र स्थानीय तह नखुलेका १–१, भोजपुरको भोजपुर नगरपालिकामा ५, उदयपुरको बेलकामा २, त्रियुगा र उदयपुरगढीमा १–१, संखुवासभाको खाँदबारीमा २, पाँचथरको फिदिममा १ र प्रदेश १ बाहिरका १५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७९ हजार ६५७ पुगेको छ । संक्रमित भएका मध्ये ७२ हजार ९० संक्रमणमुक्त भएका छन् । आज ३५७ संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ६ हजार ७४ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर