AArya
RUMPUM
animated ellipse animated ellipse

जोगबनी बन्यो अपराधस्थल

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ असार २०७८, शुक्रबार ०८:३०
98.62k
Shares
 

विराटनगर / प्रहरी नायव महानिरीक्षक (डीआईजी) अरूणकुमार बिसीले १,नम्बर प्रदेश प्रमुखको जिम्मेवारी सम्हालेको एक साता मात्रै बित्दैछ । यो समाचार आजको उद्घोष दैनिक पत्रिकाले छापेको छ ।

गत सोमबार प्रत्रकार सम्मेलन गरेर उनले आफनो कार्यकालका प्राथमिकताका कार्ययोजनाहरू सार्वजनिक गरेका छुन् । तर १ नम्बर प्रदेश प्रहरी कार्यालयको पुग नपुग एक किलोमिटर दक्षिणमा पर्ने सीमा क्षेत्रको भारतीय बजार जोगरबनीमा बषौैदेखि जरा गाडेर बसेको अपराधको जालोलाई प्रहरीले तोड्न सकेको छैन ।

जोगबनी बजार लागुऔषध,तास आदिको मुख्य अखडा हो । जोगबनीमा लागुऔषध सेवन गर्न जानेहरू विहानैदेखि रानी नाकामा लाइन लाग्ने गर्दछन् । सशस्त्र प्रहरीले गरेको अनुसन्धानबाट जोगबनी लागुपद्वार्थ सेवन गर्न जानेहरूमा स्कूल र कलेजका विद्यार्थीका अलावा शिक्षक र डाक्टरहरू पनि रहेको पाइएको छ ।

लामो लकडाउन र बेरोजगारीको समस्याले लागपदार्थ सेवन गर्नेहरूको संख्या बढाएको छ । जोगबनीमा दशकौंदेखि चल्दै आएको जूवाको अखडामा पनि नेपाली खेलाडीहरू नै जाने गर्दछन् । कोरोना संक्रमण बढेसँगै भएको नाकाबन्दीले गर्दा जोगबनी बजारको ब्यापार व्यवसाय सकेको छ ।

कतिपय रेडिमेड पसल र अन्य केही पसलहरू १५ महिनादेखि बन्द छन् । तर अवैध धन्दा भनै मौलाएकै छ । अवैध धन्दा मौलाएको छ भन्ने पुष्टि गत बुधबार जोगबनी थानाले जोगबनीको वडा नं. ९ अन्तर्गत इन्द्रानगरमा गरेको छापामारी र त्यहाँ फेला परेको अवैध
हतियार एवं लागुपदार्थले गर्दछ ।

जोगबनी थानाध्यक्ष आफताब अहमद, र एसएसबी जोगबनीका रमेश याखहोमले संयुक्त रूपमा इन्द्रानगरमा छापामारी गरी एक थान देशी पेस्तोल, दुई थान कारतुस, गाजा आदि बरामद गरेको थियो । छापामारीका क्रममा सो ठाउँका सञ्जीत मण्डल नामको एक कारोबारीलाई पक्राउ गरेको थियो । नेपालसँग सीमा जोडिएको सो बस्ती लागऔषध, अवैध हातहतियार आदि कारोबार हुने ठाउँको रूपमा चिनिन्छ ।

मुख्य नायिके रञजति मण्डललाई भने पक्राउ गर्न सकेको छैन् । मण्डलको घरबाट ३३ बोतल मादक पदार्थ पनि बरामद भएको थियो । सो, घटनाले पनि जोगबनी अपराधस्थलका रूपमा विकसित हुँदै गएको पुष्टि गर्दछ । जोगबनी १ नम्बर प्रदेश अन्तर्गतका पहाडी जिल्लाबाट पनि लागुपदार्थ सेवन गर्न आउनेहरूको अखडा हो ।

प्रहरीले पूरै नाकाबन्दी गरेर जोगबनीबाट हुने लागुऔषधको कारोबारलाई रौक्ने हो भने १ नम्बर प्रदेशको लागुु औषधको आधा कारोबार घट्ने जानकारहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर