AArya
RUMPUM
animated ellipse animated ellipse

पेस्तोल र गोलीसहित मोरङको केराबारीबाट दुई जना पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ जेष्ठ २०७८, बुधबार १७:४१
1.31k
Shares
विराटनगर / मोरङको केराबारी गाउँपालिकामा पेस्टोल र गोलीसहित दुईजनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा केराबारी गाउँपालिकावडा नं. ९ देवीझोडाका ५१ वर्षीय गणेश लिम्बु र बेलबारी –२ लालभित्तिका ४१ वर्षीय पदमकुमार लिम्बु रहेको मोरङ प्रहरले जनाएको छ ।

गणेश लिम्बुको घरमा ईलाका प्रहरी कार्यालय बेलबारीको टोलीले खानतलासी गर्दा भान्सा कोठाबाट एउटा कटुवा पेस्तोल, ३०३ राईफलको गोली ५ थान, गोली लोड गर्ने चाचर २ थान, पेस्तोलको गोली १ थान बरामद भएको प्रहरीले जनाएको छ । यस्तै सोहि घरको आँगनमा पार्क गरिराखेको लालभित्तिका पदमकुमार लिम्बुको को १ च ८३६८ नं को कारमा खुकुरी १ थान, चक्कु १ थान समेत फेला परेपछि दुवै जनालाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

प्रवक्ता प्रहरी नायव उपरीक्षक राईका अनुशार पक्राउ परेका दुवैजनालाई ईलाका प्रहरी कार्यालय बेलबारीबाट हातहतियार तथा खरखजना कसूरमा थप अनुसन्धान भईरहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर